यस टेलिभिजन (YES Tv ) विश्वभर आइपीको माध्यमबाट हेर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ०७:०२

logoकाठमाडौँ ,२७ फागुन । इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) टेलिभिजन प्रशारणको एउटा नयाँ प्रबिधि हो। यो प्रबिधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट-चल्ने मोबाइलबाट टेलिभिजन हेर्न सकिन्छ। जुनसुकै तिब्र गतिको इन्टरनेटको श्रोत मार्फत इन्टरनेटमा जोडेर टेलिभिजन हेर्न सकिन्छ। यस टेलिभिजनका अध्यक्ष डा अर्जुन सिंहको भनाईमा  यो सेवा सामान्य टेलिभिजन प्रशारण भन्दा फरक छ। त्यसैले, आइपी टिभीलाई इन्टरनेटमा आधारित मल्टिमिडिया सेवा भन्न सकिन्छ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रशारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ। सन् २००५मा एलाइन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। पहिलोपल्ट १९९४मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु-सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु गरियो।  यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ । यस टेलिभिजन हेर्नको लागि यहाँ क्लिक गरि हेर्न सकिने छ ।

http://yesbc.tv/app/YES%20TV.apk
down link yes tv Android from here .

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१