एनआरएन अमेरिकामा यसकारण मेरो नेतृत्व: सानुबाबु सिलवाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार १७:१२

sanubabu silwal

सानुबाबु सिलवाल , इच्छाशक्ति, क्षमता र दक्षता नभए समाजसेवामा निपुर्णता हुँदैन । समाजसेवा आफैंमा निःस्वार्थ र सेवामुखी हुनुपर्छ । चाहँदैमा समाजसेवा गर्न सकिँदैन र करबलमा पनि समाजसेवा हुन सक्दैन । निःस्वार्थ भावका साथै निपुर्णता र परिपक्वता हुन सकेमा लक्षित वर्ग अभिप्रेरित र लाभान्वित हुन सक्छन् । मैले यो लेखमार्फत् समाजसेवा, गैरआवासीय नेपाली संघ, अमेरिका र यसको आसन्न निर्वाचनबारे केही विचार प्रकट गर्ने जमर्को गरेको छु ।

यतिबेला अमेरिका रहेको नेपाली समाज चुनावी माहौलले तातिएको छ । अमेरिकामा झन्डै ३ लाखको हाराहारीमा रहेका नेपालीहरू गैरआवासीय नेपाली संघको आसन्न चुनावको चर्चा, परिचर्चा, यसको भावी नेतृत्व र भविष्यलाई नियालिरहेका छन् । साँच्चै भन्नुपर्दा अमेरिकामा रहेको नेपाली समाज अहिले फोन, भेटघाट, इमेल, फेसबूकलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरूमा गैरआवासीय नेपाली संघको निर्वाचनकै विषयवस्तुको चर्चाको शिखरमा पुगेको देखिन्छ ।

सुसुप्त अवस्थामा र सानो घेरामा अल्झिइरहेको एनआरएन अमेरिका अहिले यहाँ रहेका सम्पूर्ण नेपाली समाजको छाता र मुख्य संस्थाको रूपमा बाहिर आउन खोजिरहेको छ । यस संस्थाको अल्पकालीन निर्वाचनसँगै यसको भविष्य र नेतृत्वदायी ब्यक्तिहरूको चर्चा हुनुलाई स्वभाविक रूपमा लिन सकिन्छ । सात समुन्द्रपारि आएर नेपाली समाजको स्थापना र नेपाली समुदायको हक–अधिकार, उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरूको उठान र नेपाली समुदायको पहिचानका लागि उत्प्रेरित नेपाली समाजलाई सम्बोधनका निम्ति छाता संगठनको आवश्यकता र त्यसमा क्षमतावान नेतृत्वबारे चासो र चिन्ता हुनुलाई अवश्य पनि स्वभाविक रूपमा लिन सकिन्छ ।
अमेरिकामा नेपालीहरूको ब्यक्ति विशेष, समूह विशेष तथा राजनीतिक, सामाजिक, आर्थिक, सञ्चार र सांस्कृतिक पक्षलाई वकालत गर्ने र यस्ता विषयवस्तुसँग अन्तरसम्बन्धित संस्थाहरू झन्डै ८ सयको हाराहारीमा पुगेको अनुमान गर्न सकिन्छ । यति हुँदाहुँदै पनि सम्पूर्ण नेपाली समुदायको बृहत्तर हित र आवश्यकतालाई सम्बोधन गर्न छाता संगठनको आवश्यकतासँगै संसारभर फैलिएको नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघको स्थापना, अमेरिकामा यसको सक्रियता र नेतृत्वको भूमिका प्रभावकारी हुन नसकेको अवस्थामा यसको आसन्न निर्वाचनबारे नेपालीहरूबीच बढ्दो चासो र सक्रियताले एउटा आशा पलाएको छ ।

संयुक्त राज्य अमेरिकामा नेपालीको संख्या दिनप्रतिदिन बृद्धि भइरहेको छ । कति नेपाली छन् ? उनीहरू केकस्तो अवस्थामा बसेका छन् ? उनीहरूको उपस्थिति र कानुनी हैसियतको यकिन तथ्यांक छैन । झन्डै ३लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिए पनि तथ्यांकगत रूपमा ब्यक्त गर्न हतार हुन सक्छ ।नेपालीको संख्या यति धेरै रहे पनि एनआरएनमा सदस्यता संख्या झन्डै चार हजार मात्रै छ । अमेरिकामानेपाली समाजको संख्या बृद्धिसँगै व्यावसायिक, कानुनी, प्राध्यापन, चिकित्सा, इन्जिनियरिङ, स्वास्थ्य सेवार सामाजिक तथा राजनीतिक क्षेत्रमा उपस्थिति जनाउन थालिसकेका छन् ।

हामी नेपाली हौं । हाम्रो संस्कार, परम्परा र बाँच्ने–बचाउने सामाजिक र मानवीय शैली संसारभरका मानव प्राणीभन्दा फरक र उत्तम छ । विविध परिस्थितिबस् बाहिरिएका नेपालीको आफ्नो पहिचान, संस्कृति, रहन–सहन र सुसंस्कारलाई निरन्तरता दिनु र यसका लागि उत्प्रेरित हुनुलाई साँच्चै नै उपलब्धी र सकारात्मक रूपमा लिनु पर्दछ । आफ्नो समुदायको लागि मात्र नभई आफू बसेको विदेशी भूमिमा आफ्नो पहिचान जोगाउनु र प्रयत्न गर्नुलाई अत्यन्तै सकारात्मक रूपमा लिन सकिन्छ ।

अमेरिकामा रहेका नेपाली समुदायको हक, हित, अधिकार र पहिचान रक्षा गर्दै सिकेका सीप, ज्ञान, प्रविधि, श्रोत र साधनलाई आफ्नो मातृभूमिको दीगो विकासमा समर्पणका लागि सामुहिक भावना र प्रयत्नलाई सकारात्मक रूपमा लिनु पर्दछ । र, यस्तो भावनालाई उत्प्रेरित गर्नु पर्दछ । आखिर एक पटक संसार छाड्नै पर्छ । त्यसैले ‘बाँचौं र बचाऔं’ भन्ने भावनालाई आत्मसाथ गर्न सक्नु पर्दछ । अमेरिकामा नेपालीहरूले आफ्नो उपस्थितिसँगै यो मुलुकको आर्थिक समृद्धि र विकासमा पनि टेवा पुर्याइरहेका छन् । यो मुलुकमा बसेर कर तिरेका छन्, रोजगार सिर्जना गरेका छन् र आर्थिक एवं सामाजिक क्षेत्रमा पनि प्रसस्तै टेवा पुर्याइरहेका छन् । यतिमात्र होइन, नेपाली समुदायले आफ्नो मातृभूमिको सामाजिक क्षेत्रमा आफूले भ्याएसम्म भैपरी, आपतकालीन तथा दीर्घकालीन रूपमा आफ्नो श्रम, श्रोत–साधन तथा क्षमता लगानी गरेका छन् ।
नेपाली समाजको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन दीगो विकासका लागि ‘म र मेरो’ भन्दा पनि‘हामी र हाम्रो’ भन्ने भावनाले काम गर्न जरुरी छ । नेपाली समुदाय जहाँ रहे पनि मौलाउँदै गएको ब्यक्तिविशेषको हावी, गलत प्रवृत्ति, खुट्टा तानातान र ब्यक्तिगत तथा सीमित समुहको सीमित स्वार्थका कारण आमनेपाली समाज, नेपाली संघसंस्था तथा त्यसबाट भइरहेका सामाजिक कार्यहरू पनि विवादरहित बन्न सकेकाछैनन् । नेपालीले नेपालीलाई नै समाप्त गर्ने, गलत क्रियाकलापलाई प्रश्रय दिने, समाजसेवाका नाममास्थापना गरिएका संस्थालाई ब्यक्ति विशेषको लाभ लिने, राजनीति गर्ने र आफ्नो स्वार्थअनुसार सञ्चालन गर्नेतथा आर्थिक एवं सांगठानिक काम पारदर्शी नगर्ने र संस्थालाई सधैं ब्यक्ति विशेषको नियन्त्रणमा राख्दाअमेरिकामा अधिकांश नेपाली संस्थाहरू विवादित बने । यसैको सिकार बन्यो, गैरआवासीय संघ अमेरिका पनि।

अबको मुख्य र टड्कारो आवश्यकता भनेको यो संस्थालाई ब्यवस्थित र गैरराजनीतिक बनाउने नै हो । त्यसका लागि नेतृत्व विकाससँगै व्यावसायिक, उत्तरदायी, पारदार्शी तथा श्रोत–साधनसँगै समय प्रदान गर्नसक्ने, क्षमतायुक्त तथा विगतको योगदान र कार्यशैलीका आधारमा नेतृत्व चयन हुन सकेमात्र यो संस्थाको भविष्य सुनिश्चित गर्न सकिनेमा दुई मत छैन ।

केवल आफ्नो प्रचार र नाम राख्नका लागि, नेतृत्वमा पुगिसकेपछि अनेक अदृश्य स्वार्थपूर्ति गर्ने, आफ्नो ब्यापार व्यवसायलाई बढावा दिन मौका छोप्ने, संस्थालाई आर्थिक लाभ हासिल गर्ने थलोका रूपमा प्रयोग गर्न खोज्ने, आफ्नो क्षमता र तहभन्दा बढी अपेक्षा गर्ने, राजनीतिक र स्वार्थ आदान–प्रदान गरी नेतृत्व हडप्न खोज्ने प्रवृत्तिका ब्यक्ति विशेष वा समुहलाई नकार्न सकिएन भने भोलि ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं संस्थाको प्रगति र समुदायको हितमा सिन्कोसमेत भाँचिने छैन । ‘नमच्चिने पिङको सय झट्का’ भनेजस्तै केवल नेतृत्व प्राप्तिका लागि लामा–लामा प्रस्ताव, उद्धेश्य र कार्ययोजना अघि सारेर आए पनि जबसम्म प्रवृत्तिमा परिवर्तन हुँदैन, तबसम्म ब्यक्तिवादी प्रवृत्ति हावी भइरहन्छ ।

ब्यक्तिको स्वार्थका लागि योग्यता र क्षमता भएका ब्यक्तिहरूलाई बलीको बोको बनाउने, निरुत्साहित गर्ने र राम्रा ब्यक्तिहरूको छनौटबाट संस्थाको दीर्घकालीन हितलाई तिलाञ्जली दिनेहरूलाई समयमै चिन्न जरुरी छ । हाम्रा सामु संस्थाप्रतिको पवित्र आस्था बढाउने, सामुहिक उत्तरदायी भावना जगेर्ना गराउने, नेपालीको संख्यात्मक आँकडा लिने, सदस्यता बढाउने, संस्थालाई बढीभन्दा बढी प्रजातान्त्रिक, पारदर्शी र उत्तरदायी बनाउन भूमिका खेल्ने र यसका लागि आश्यक नियम–विनियम तर्जुमा गर्ने, आपतकालीन श्रोत र साधनको ब्यवस्था गर्ने, यहाँ भएका गैरआवासीय संघको मूल्य–मान्यतालाई अन्तर्राष्ट्रिय तवरमै विकास गर्दै उत्तम संस्थाका रूपमा विकास गर्ने आधार स्तम्भ खडा गर्न जरुरी छ ।

त्यसैगरी नेपालीको पहिचान, लगानी र योगदानको मूल्यांकनको प्रत्याभूति गर्ने, अमेरिकी समाजकोसकारात्मक मूल्य–मान्यतालाई अनशरण गर्ने, यहाँ आर्थिक, सामाजिक र राजनीतिक पहुँच बढाउने र नेपालीसंघसंस्थासँग हातेमालो गर्दै दीर्घकालीन विकासको आधार स्तम्भ नबनाएसम्म कहिल्यै ‘भ्यागुताको धार्नी’पुग्न सक्दैन । नेपालीहरूबीच भातृत्वको भावना विकास गरी मानवीय श्रोत–साधन, मानव संसाधन, प्रविधि रविकास, शिक्षा र सुशासनका सकारात्मक पक्षहरूलाई नेपालसम्म पुर्याउन नेपाली छाता संगठनले एउटासंवाहकको भूमिका निर्वाह गर्न सक्छ ।

आर्थिक स्वतन्त्रतामार्फत यहाँको अवसरलाई अधिकतम सदुपयोग गर्नेमात्र नभई नेपालसम्मको हाम्रो हक–अधिकार र दीगो विकासको आधारलाई हामीले संवाहक भएर काम गर्नसक्ने अवस्था सिर्जना गर्न छाता संगठन क्रियाशील हुनु पर्छ । त्यसो हुन सकेमा हाम्रो सामाजिक, आर्थिक रसांस्कृतिक अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाएर लैजान सकिन्छ । यसका लागि आर्थिक, कुटनीतिक,अध्ययनशील, सांगठानिक, बौद्धिक र समय प्रदान गर्न सक्ने ब्यक्तिहरूको जमघटले मात्रै उल्लेखितविषयवस्तुहरू समेटेर सम्बोधन गर्न सक्छन् ।

विहान एउटा, दिउँसो अर्को र बेलुकी अर्कैसँग सम्झौता गरी जसरी पनि चुनाव जित्ने, संस्थालाई मोजमस्तीको भाँडो बनाउने, सांगठानिक तथा सामाजिक संयन्त्रको मूल्य–मान्यताको छेउटुप्पो बुझ्न नसक्ने ब्यक्तिहरूबाट संस्थाको प्रगतिको सपना पूरा हुन सक्दैन । यसका लागि क्षमता भएका ब्यक्तिहरू चुनावी माहौलबाट वा समझदारीबाट अघि आउन जरुरी छ र तिनै ब्यक्तिहरूलाई नेतृत्व हस्तान्तरण गर्नु पर्दछ ।

यसका लागि सांगठानिक अनुभव, बौद्धिक अनुभव र श्रोत–साधनको ब्यवस्थित ब्यवस्थापनमा मेरोअनुभवले संस्थाको दीर्घकालीन प्रगतिमा टेवा पुग्न सक्ने मेरो विश्वास छ । उल्लेखित क्षेत्रमा वषौंसम्मको मेरोअनुभव गैरआवासीय नेपाली संघ अमेरिकाको जग व्यवस्थापन गर्न सहयोगी बन्नेछ । त्यसैले मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।

सिलवालले गैर-आवासीय नेपाली संग अमेरिका च्याप्टरको अध्यक्षमा उमेद्वारी प्रस्तुत गरेका छन  | 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१