म्यानयुलाई हराउँदै आर्सनल एफए कपको सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार १२:५७

एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टर युर्नाटेडको मैदान ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा आर्सनल २–१ ले विजयी भएको हो । खेलको पहिलो हाफमा आर्सनलका नाचो मोन्रियालले पहिलो गोल गरेपनि म्यानचेस्टर युनाइटेडका वायन रुनीले एक गोल फर्काउँदै खेललाई बराबरीसम्म पुर्‍याए ।

photo-photo10तर दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडबाट यसै सिजनमा आर्सनल आएका ड्यानी वेल्बेकले निर्णायक गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे । जितसँगै आर्सनल सेमिफाइनलमा पुग्यो भने म्यानयुको सिजनको एकमात्र उपाधि सम्भावना पनि समाप्त भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१