काठमाडौं,२६ फागुन । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको टर्किस एयरलाइन्स शनिबार बेलुका हटाइएको छ । ३ दिन सम्म विमानस्थल बन्द रहँदा दैनिक १२ हजार यात्रु प्रभावित भए । दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा प्रभावित भएका यात्रुलाई ३ दिनसम्म २४ सै घण्टा विमानस्थल सुचारु गरेर सेवा दिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार नेपालमा रहेको विदेशी पर्यटकहरुको भिसा अबधि पनि बढाइने भएको छ । बुधबारसम्म मात्रै भिसा भएका तर विमानस्थल बन्द भएका कारण स्वदेश फर्कन नपाएका विदेशी पर्यटकको भिसा अध्यागमन बिभागसँगको समन्वयमा थप गर्न लागिएको हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बिजनेश संसारसँग भने ।
प्रतिक्रिया