अमेरिकी राष्ट्रपति ओबामाद्वारा रिपब्लिकन सांसदको पत्र खारेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार १२:४१

एजेन्सी । कंग्रेसका रिपब्लिकन सांसदले परमाणु सम्झौताको चर्को विरोध गरेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसांसदद्वारा इरानलाई लेखिएको पत्र खारेज गर्नुभएको छ । राष्ट्रपति ओबामालेर रिपब्लिकन सांसदले इरानलाई यस किसिमको पत्र लेखेर कट्टरपंथी तत्वको साथ दिएको भन्दै खारेज गर्नुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ओबामाले इरानसँग परमाणु सम्झौता गर्ने तयारी गरिरहेका बेला रिपब्लिकनका ४७ जना सांसदले इरानी नेतृत्वलाई पत्र लेखेर चेतावनी दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

obama_20140714105839पत्रमा भनिएको छ– “कंग्रेसको सहमति बेगर हुन लागेको सम्झौतारराष्ट्रपति ओबामाको कार्यकाल सकिने बित्तिकै खारेज हुनेछ ।” ह्वाइट हाउसले पनि पत्रको निन्दा गर्दै रिपब्लिकन सांसदले राष्ट्रपति ओबामाको विदेश नीति कमजोर बनाउने कोशिश गरेको बताएको छ । यता इरानी विदेश मंत्री जवाद जरीफले पनि सो पत्रलाई दुष्प्रचारको संज्ञा दिदै खारेज गर्नु भएको छ । अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, चीन र जर्मनीले इरानको परमाणु सम्बन्धि गतिविधि सिमित बनाउन सम्झौताका लागि छलफल अघि सारेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१