डा.पौडेल बृहत्त बाल्टिमोर वाशिंगटन क्षेत्रमा आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार १२:०९

अमेरिकाबासी नेपालीहरु बीच एकता, सदभाब, मित्रता र सहयोग प्रबर्द्धन गरी नेपालको विकास मा टेवा पुराउने मिशन लिएर आसन्न चुनाबमा एन.आर.एन एन.सी.सी अमेरिकाको अध्यक्षका लागि उम्मेदवारी दिनुभएका डा केशब पौडेल आफ्ना शुभचिन्तकहरु संग भेट्न गर्न बाल्टिमोर महानगरी आउने हुनुभएको छ । सबैका प्रेरणाको स्रोत, जोसिला तथा उत्साहित डा.पौडेलले आफ्ना शुभचिन्तकह्ररुसँग आफ्नो उम्मेद्वारी तथा भावी कार्यदिशा विषयमा प्रत्यक्ष अन्तरक्रिया गर्नुहुने पनि बताइएको छ । डा पौडेलको अन्तरक्रिया कार्यक्रममा समाजसेबी र बानाकी पुर्ब सभापति रबिना थापाले पनि एन आर एन एन सी सी अमेरिकाको आसन्न निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारीको औपचारिक घोषणा गर्नुहुने छ । एन्आरएन् एन् सी सी एन् अमेरिकाकोआगामी निर्बाचनका अध्यक्ष पद्का प्रत्यासी डा.केशव पौडेल पेशाले चिकीत्सक हुन भने प्रशासनमा पनी कुशल ब्यबस्थापक ठानिन्छन।

ksbहाल न्यु म्याक्सिको स्थित लभलेस हेल्थ सिस्टममा निर्देशक पदमा कार्यरत डा।पौडेलअमेरिकन कलेज अफ फिजिसियन र सोसाईटी अफ हस्पिटल मेडिसिनको फेलोको रुपमा क्रियाशील रहेका छन्। २०४६ सालमा महीन्द्री मा.वि.तनहुबाट एसएलसी पास गरेका पौडेल स्कुल को पढाईमा सधै सर्बप्रथम हुने गर्दथे। तनहु जिल्ला सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेल सानैदेखी समाजसेव प्रतिपनी उत्तीकै चाख रख्दथे । तेसैले होला उनी स्कुल पढ्दानै जुनीयर रेडक्रस का सभापती भइ दुई वर्ष काम गरे।तेसो त सनैदेखी मिजासीला शोभावका उनी हरेक अतिरिक्त कृयाकलापमा पनी प्रथमनै हुने गर्दथे। उच्च शिक्षाका लागी राजधानी लागे पछी पनी डा।पौडेलले अध्ययन,राजनिती र समाज सेवालाई संगसगै अगाडी वढाए।क्याम्पस स्तरमा विद्यार्थी संगठनका विभिन्न तहमा रही हरेक संघर्ष र चुनौतीहरुको सामना गर्दै सफल नेतृत्व र सक्षम विद्धर्थीको पहीचान पनी नबनाएका होईनन् उनले। त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती ,फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्यको सफल भुमिका निर्वाह गरेको अनुभवहरू उनी संग अझै ताजा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१