एप्पलको स्मार्ट वाच सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार ११:०२

एजेन्सी । स्मार्टफोनको बजारमा ख्याति कमाउन सफल एप्पलले उच्च प्रविधियुक्त स्मार्ट घडी एप्पल वाच सार्वजनिक गरेको छ । फोन गर्न र म्यासेज पठाउने सुविधा तथा स्वास्थ्यसम्बन्धी एप्लिकेशनसहित एप्पल वाचको डिजाइन गरिएको छ । एप्पलले जारी गरेको विज्ञप्तीमा एप्पल वाच निकटतम र छरितो संचारको माध्यम र स्वास्थ्यको सारथी भएको उल्लेख छ । एप्पल वाचमा गीत संगीत सुन्नका लागि धेरै एप्लिकेशनको विकल्प छन् भने यसलाई हाते रेडियोको रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

iwatch2यस्तै यसमा रहेको स्पीकर र माइक्रोफोनबाट फोन उठाउन पनि सकिन्छ । एप्पल वाचमा एप्पल पे मोबाइल वालेटको सुविधासमेत छ । यस्तै तस्बीर हेर्न, समाचारका लागि र विभिन्न सामाजिक संजालसँग जोडिन सक्ने सुविधा पनि छ । यस्तै यसमा गीत सुन्दै गीतका शब्द पनि डिस्प्लेमा हेर्न सकिने कम्पनीले जनाएको छ । एप्पल वाचको अर्को मुख्य विशेषता यसमा रहेको स्वास्थ्य सम्बन्धी एप्लिकेशन हो । यसमा एक्सेलरोमिटर तथा मुटुको धड्कन नाप्न सक्ने सेन्सर पनि छ ।
१८ घण्टासम्मको ब्याट्रि क्षमता भएका एप्पल वाच अप्रिल २४ तारिखदेखि विश्व बजारमा बिक्रिका लागि उपलब्ध हुनेछ । अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, जापान, बेलायत र अमेरिकामा एप्पल वाच उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१