आयरल्याण्डद्वारा भारतलाई २ सय ६० रनको लक्ष्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७१, मंगलवार १०:१३

विश्वकप क्रिकेटमा आयरल्याण्डले भारतसामु २ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । सेडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ४९ ओभरमा २ सय ५९ रनमा सीमित भएको हो । उसका लागि नेल ओब्रियनले सर्वाधिक ७५ रन बनाए भने विलियम पोर्टरफिल्डले ६७ तथा पौल स्टिरलिङले ४२ रन बनाए । उसका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका मोहम्मद सामीले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । समूहचरणमा अपराजित रहेको भारत यसअघि नै क्वाटरफाइनल पुगिसकेको छ । आजको खेल जिते आयरल्याण्ड क्वाटरफाइनलमा पुग्नेछ । एशोसियट चार राष्ट्रमध्ये अब आयरल्याण्डको मात्रै क्वाटरफाइनल पुग्ने संभावना बाँकी छ ।

ireland_४ खेलबाट ८ अंक जोडेको भारत अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको आयरल्याण्ड चौथो स्थानमा छ । भारत र आयरल्याण्डबीच यसअघि २ पटक मात्रै एकदिवसीय खेलमा भेट भएको छ भने दुवै खेल भारतले जितेको छ । यसअघिको विश्वकपमा आयरल्याण्ड समूहचरणमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१