विद्यार्थीद्वारा शिक्षक सेवा आयोग घेराऊ, सरकारको निर्णय फिर्ता गर्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७१, सोमबार १४:५३

भक्तपुर, २५ फागुन । शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुले सरकारको निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै आज सानोठिमी स्थित शिक्षक सेवा आयोग घेराऊ गरेका छन् । सरकारले शिक्षा संकाय बाहेक अन्य संकाय अध्ययन गरेकालाई पनि शिक्षक अध्यापन अनुमती पत्र दिन गरि गरेको व्यबस्था तत्काल खारेज गर्न माग गर्दै विद्यार्थीले आयोग कार्यालयमा सोमबार विहान १० बजेदेखि घेराउ गरेका हुन् । शिक्षाशास्त्रका विद्यार्थीहरुको संयुक्त संघर्ष समितिले ६ बुँदे माग राख्दै आयोग घेराउ गरी आयोगका प्रकाशकीय प्रमुख लक्ष्मीराम पौडेललाई समितिका संयोजक विजय गौतमले ज्ञापनपत्र बुझाउनु भएको छ । समितिले शिक्षा संकायमा अध्ययन गरेका विद्यार्थीलाई मात्रै शिक्षक सेवा पदको प्रतिस्पर्धा गर्न पाउने व्यबस्था गर्नुपर्ने, प्राबिधिक विषयको हकमा शिक्षण सेवा प्रवेश पूर्व वा पश्चात अनिवार्य तालिमको व्यबस्था हुनुपर्ने माग गरेको छ । त्यसैगरि हालै सम्पन्न अध्ययापन अनुमति पत्रको परीक्षाको नतिजा छिटो प्रकाशन गर्नुपर्ने, रिक्त दरबन्दीमा शिक्षक स्थायी पदपूर्तीको बिज्ञापन तुरुन्त गर्नुपर्ने, नयाँ विद्यार्थीले शिक्षक सेवामा प्रतिस्र्धा गर्न पाउने व्यबस्था गर्नुपर्ने, शिक्षा ऐन २०२८ संग बाझिने गरि संशोधन गरिएको शिक्षक सेवा आयोग नियमावली खारेज गर्नुपर्ने, शिक्षक सेवा आयोगमा संबैधानिक आयोग बनाईनुपर्ने र तालिम प्राप्त शिक्षकबाट पढ्ने व्यबस्था गर्नुपर्ने माग राखेका छन् । Teachers service commissionमाग पुरा नभए विद्यार्थीहरुले कडा आन्दोलन गर्ने संयोजक गौतमले बताउनुभयो । ज्ञापनपत्र बुझाएपछि अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य एवं समितिका सदस्य सुवास ढकालले देशभर शिक्षा शास्त्रमा हाल ४ लाख विद्यार्थी अध्ययन गरिरहेको र ६ लाख विद्यार्थी अध्यापन अनुमति पत्र लिएरु शिक्षक सेवामा प्रवेशको तयारीमा रहेको अबस्थामा ल्याईउको नियमले शिक्षा शास्त्र अध्ययन गरेको विद्यार्थीको भविश्य माथि खेलबाड भएको ठहर गर्दै आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । सरकारको संशोधित नियमावलीले अन्य संकाय अध्ययन गरेकाले पनि शिक्षण पेशामा प्रवेश गर्न पाउने व्यबस्थाले शिक्षा संकाय अध्ययनरत विद्यार्थी बेरोजगार बस्नुपर्ने अबस्था आएकाले बिद्यार्थीको माग तीनदिन भित्र संबोधन नभए कडा आन्दोलन गर्ने बताउनुभयो । समितिको ज्ञापनपत्र बुझ्दै आयोगका प्रशासकीय अधिकृत पौडेलले आफूहरु मन्त्रालयको आदेश कार्यान्वयन मात्रै गर्ने भएकाले यो मागलाई मन्त्रालयसम्म पेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१