रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७१, सोमबार १३:५१

ला लिगा स्टार खेलाडीहरुको प्रेरणादायी प्रदर्शनमा रायो भालेकानोलाई ६ एक गोलले हराउदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार रायो भालेकानोबिरुद्ध ठुलो अन्तरमा जित हात पार्दा बार्सिलोनाका दक्षिण अमेरिकी स्ट्राइकरहरुले पाँच गोल गर्न सफल भए । स्टार स्ट्राइकर लियोनल मेसीले ला लिगामा कीर्तिमानी २४ औं ह्याट्रिक पुरा गर्दा अर्का स्टार लुईस स्वारेजले पनि दुई गोल गरे । खेलको पाँचौं मिनेटमै स्वारेजले बार्सिलानालाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर उनले ब्यक्तिगत दोस्रो गोल गरेका थिए । ला लिगामा क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले २४ औं ह्याट्रिक पुरा गर्नेक्रममा खेलको ५६ औं, ६३ औं र ६८ औं मिनेटमा गोल गरे ।

f3b7859ccdd2d7e0b388a9167e2f3d9a_L ह्याट्रिकसंगै लियोनल मेसीले जारी सिजन ला लिगामा आफ्नो गोलसङ्ख्या तीस पु¥याएका छन । रियल म्याड्रिडका रोनाल्डोको पनि ३० गोल नै छ । बार्सिलोनाका लागि दोस्रो हाफको सुरुमा जेरार्ड पिकेले गोल गरेका थिए । खेलको ५४ अँैं मिनेटमा भालेकानोका टिटो र ८० औ मिनेटमा बार्साका ड्यानी आल्भेस रातो कार्ड खादै मैदान बाहिरिएपछि दुवै टोली दस खेलाडीमा सहेटिएका थिए । जितसंगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा समेत उक्लिएको छ । ला लिगामा सम्पन्न २६ खेलबाट बार्सिलोनाले ६२ अंक जोडेको छ भने गत शनिबार एथ्लेटिको विल्वाओसंग पराजित भएपछि रियल म्याड्रिड समान खेलबाट ६१ अंक सहित दोस्रो स्थानमा झरेको छ । आइतबारकै खेलमा लिगको तेस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले पनि भ्यालेन्सियासंग एक एक गोलको बराबरी खेल्दै अंक बाँढेको छ । तेस्रो स्थानको एथ्लेटिकोको २६ खेलबाट ५५ अंक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१