काठमाडौं,२५ फागुन । सोलुखुम्बुको गूदेल गाबिसमा निर्माण गर्ने भनिएको महाकुलुङ बिमानस्थलको लागि सभासद बल्बहादुर केसीको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरिएको छ । गुदेल हवाई मैदान नामकरण सहित प्रक्रिया अघि बढाइएको बताइएको छ । समन्वय समितिको उप–संयोजकमा सिंह ब। राई, सचिवमा सुर्य कुलुगं राई, कोषाध्यक्षमा दावा शेर्पा रहेका छन् ।
सदस्यहरुमा पसाङ्ग नुर्वु, सनाम शेर्पा, गणेश राई, निमा दावा शेर्पा, टंक राई, दाफुरी शेर्पा, खड्का नारायण राई, लाक्पा युला शेर्पा, भाला काजी राई, लाक्पा तेन्जी शेर्पा, परम ध्वाज राई, पसागं निमा शेर्पा, लाक्पा दोर्जी शेर्पा, विनोद वस्नेत रहेका छन् । गुदेल शेर्पा किदुकको पहलमा हवाई मैदानको प्रारम्भिक सर्भेक्षण सम्पन्न भएको र आगामी असार महिना भित्र विस्तृत सर्भेक्षण गर्ने जनाएको छ । हवाई मैदान निर्माण भएपछि सोलुखुम्बुको पर्यटकीय र त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने छ । विस्तृत सर्भेक्षण पछि निर्माण समिति गठन गरी ३ बर्ष भित्र हवाई मैदान निर्माण सम्पन्न हुने समन्वय समितिले जनाएको छ ।
प्रतिक्रिया