ज्यान जोगिएको खुसियालीमा सामसुङ मोबाइलमा विशेष छुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७१, सोमबार ११:०३

काठमाडौं । गत बुधबार त्रिभुवन विमानस्थलमा भएको टर्किस एयरलाइन्स विमान दुर्घटनामा आफ्ना ४ उच्च पदस्त अधिकारीहरुको ज्यान जोगिएको खुसियालीमा नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस प्रा।लि। ले सामसुङ मोबाइलको खरिदमा विशेष छुट दिने भएको छ ।

samsunggalaxys41फागुन २० गते भएको दूर्घटनामा कम्पनीका कार्यकारी अध्यक्ष दिपक मोल्होत्रा, उनका छोरा डिकेस मल्होत्रासहित कम्पनीका चार उच्च पदस्त अधिकारीहरुको ज्यान जोगिएको थियो । उक्त जाहजमा रहेका २ सय २४ जना यात्रुहरु पनि सकुसल रहेकोमा उक्त घटनालाई चमत्कारको संज्ञा दिँदै ‘मिराकल २२४’ योजना ल्याइएको छ । सबैले नयाँ जीवन पाएको खुसियालीमा सामसुङको ग्यालेक्सी स्मार्ट फोन सिरिजमा क्यास अफर दिइएको कम्पनीले जनाएको छ । कम्पनीका १४ विभिन्न मोडलहरुका स्मार्टफोनमा छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१