विश्वकप क्रिकेटमा आज इङ्गल्याण्ड र बंगलादेश भिड्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७१, सोमबार १०:०५

काठमाडौं । न्यूजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा जारी विश्वकप क्रिकेटमा आज इङ्गल्याण्ड र बंगलादेश भिड्ने छन् । अष्ट्रेलियाको एड्लेड ओभलमा नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुने खेलपुर्व इंग्लण्ड दबाबमा रहेको छ । प्रतियोगितामा सुरुवाती ४ मध्ये एक खेल मात्रै जितेको इंग्लण्ड २ अंकका साथ अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

criketfinal3४ मध्ये दुई खेल जित्दै अवरुद्ध एक खेलमा अष्ट्रेलियासँग अंक बाँडेको बंगलादेश ५ अंकको साथ चौथो स्थानमा रहेको छ । यस्तो अवस्थामा इंग्लण्ड आजको खेल जित्दै क्वाटरफाईनल प्रवेशको संभावना जिवित राख्न चाहन्छ भने बंगलादेश पनि यो खेल जित्दै क्वाटरफाईनलमा स्थान पक्का गर्न चाहन्छ । यो समुहबाट न्युजिल्याण्ड र अष्ट्रेलिया क्वाटरफाईनलमा प्रवेश गरेका छन् । ५ खेलबाट १० अंक जोडेको न्युजिल्याण्ड समुह विजेता बनेको छ भने समान खेलबाट ७ अंक जोडेको अष्ट्रेलियाको पनि क्वाटरफाईनलमा स्थान सुरक्षित भईसकेको छ । तेस्रो स्थानको श्रीलंका, चौथो स्थानको बंगलादेश र पाँचौ स्थानको इंग्लण्ड मध्ये दुई टोली क्वाटरफाईनलमा पुग्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१