एजेन्सी । दक्षिण कोरियाका लागि अमेरिकी राजदुत मार्क लिपर्टलाई अज्ञात समूहले आक्रमण गरि घाईते बनाएको छ । वैठकमा भाग लिन जाने क्रममा ४२ वर्षिय लिपर्टमार्थी दक्षिण कोरियाको राजधानी सोलमा आक्रमण भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
टाउको र हातमा चोट लागेका उहाँलाई उपचारका लागि स्थानीय अस्ताल लगिएको छ । कोरीयन समाचार संस्था YTN ले लिपर्टको टाउको र हातबाट रगत वगिरहेको तस्विर सार्वजनिक गरेको छ । प्रहरीले संकास्पद एक जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया