अफगानस्तिनलाई हराउँदै न्यूजिल्यान्ड क्वाटर फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार १२:४७

आयोजक राष्ट्र न्यूजिल्यान्ड आइतबार आफ्नो पाँचौ खेलमा अफगानस्तिनलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्ने क्रममा न्यूजिल्यान्डको न्यापिएरमा अफगानिस्तानले दिएको १८७ रनको झिनो लक्ष्य आयोजकले ३१।१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो। यो जितसँगै समूहमा सतप्रतिशत नतिजा निकालेको न्यूजिल्यान्ड समूह ए को विजेता बन्दै विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ ।

timthumbन्यूजिल्यान्डका लागि ब्रेडन म्याकलमले १९ बलमा ६ चौका १ छक्काको मद्दतमा तुफानी ४२ रन बनाएका थिए। यस्तै विलियम्सन ले ४५ बलमा ३३ रन बनाए । किबी टिमका लागि मार्टिन गुप्टिलले ५७ रनको पारी खेले । त्यस्तै इलियटले १९ रन जोडे। यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभरमा १८६ रनमा समेटियो । उसका लागि समिउल्लाह सेनवारीले ५४ रन बनाए । त्यस्तै नजिबुल्लाह जादरानले ५६ रनको पारी खेले । अब न्यूजिल्यान्डले समूह चरणको अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । आजको हारसँगै अफगानिस्तान विश्वकपबाट करिब बाहिरिइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१