एसएलसी परीक्षाको सबै तयारी पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार १२:३९

भक्तपुर,२४ फागुन । आगामी चैत्र ५ गतेदेखि सुरु हुने प्रवेशिका अर्थात एसएलसी परीक्षाको सबै तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशको ७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका सहितका सबै सामाग्री पुर्याएको परीक्षा नियन्त्रण बिष्णुबहादुर द्ववारेले जानकारी दिनुभयो ।

यसवर्षको परीक्षामा सहभागी हुनका लागि ५ लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवदेन दिएका छन् । जसमा नियमित तर्फ छात्र २ लाख १२ हजार पाँच सय चार र छात्रा दुई लाख १३ हजार सात सय १० गरी जम्मा चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
एग्जाम्टेड तर्फ भने छात्र ५९ हजार दुई सय ५३ जना र छात्रा ८५ हजार नौ सय ३० जना गरी जम्मा १ लाख ४५ हजार एक सय ८३ जना सहभागी हुने भएका छन् ।

slcप्राविधिक तर्फ भने छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार दुई सय ५१ जना गरी जम्मा तीन हजार दुई सय ८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।परीक्षार्थी मध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार पाँच सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ जना परीक्षार्थी रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्र भन्दा छात्राको संख्या बढी छ । यसवर्षको परीक्षाका लागि देशभर जम्मा एक हजार आठ सय ६२ वटा परीक्षा केन्द्र कायम गरेको उहाँले जानकारी दिनुभयो । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडांैमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १˗१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गएको वर्ष देशभर एक हजार आठ सय ३६ परीक्षा केन्द्र कायम गरिएकोमा यसवर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाईएको हो । परीक्षाका लागि १७ हजार ९३० जना सुरक्षाकर्मी, १ हजार आठ सय ६२ जना केन्द्राध्यक्ष, २ हजार चार सय ४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरिक्षक र ७ हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने भएको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१