जीवनशैलीमा जस्तै तपाईंको कारमा पनि गर्मीको असर हुन्छ। गर्मीका लागि कारलाई पनि तयार गर्नुपर्छ। अहिले बजारमा धेरै प्रकारका एक्सेसरिज पाइन्छ जसले कारलाई गर्मीमा आइपर्ने समस्याबाट बचाउँछ। केही एक्सेसरिजको प्रयोगले गर्मीमा पनि शीतल अनुभव गर्न सकिन्छ।
सनग्लासेज होल्डर : कार चलाउने बेला सनग्लासलाई जता मन लाग्यो त्यतै मिल्काउने बानी भए एउटा सनग्लास होल्डर राख्न सकिन्छ। यसलाई कारको सनभाइजरसँग जोड्न सकिन्छ। ड्यासबोर्डमा सनग्लास राख्दा पटकपटक खस्छ। यसले गर्दा कार चलाएको समयमा पनि ध्यान त्यतैतिर जान्छ। यस क्लिपमा कार्ड र टिकट पनि राख्न सकिन्छ।
एसी कपहोल्डर : एसी कप होल्डर कार चलाउनेहरूमा लोकप्रिय बन्दै गएको छ। यसले पानीलगायतका पेय पदार्थलाई चिसो राख्छ। कप होल्डरलाई कारको एसी भेन्टसँग लगाइन्छ। यसले गर्दा एसीबाट आएको चिसो हावाले पेय पदार्थलाई पनि चिसो राख्छ।
अटोमेटिक मौसम नियन्त्रण : कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल डिभाइस इन्स्टल गर्न सकिन्छ। कृषटेक नामको कम्पनीले यो डिभाइस बनाउँछ।
एअर फ्रेसनर : पसिना र माटोबाट कारमा दुर्गन्ध भरिन्छ। कहिलेकाहीँ यही कारणले कारमा बस्नै सकिँदैन। गर्मीमा कारमा एयर फ्रेसनर एकदम जरुरी हुन्छ।
ड्यासबोर्ड कभर : कारलाई सधैं छायामा पार्क गर्न सम्भव हुँदैन। घाममा पार्क गर्दा ड्यासबोर्डमा सीधा सूर्यको किरण पर्छ। धेरै गर्मीले ड्यासबोर्डको रङ खुइलिनुका साथै यो चर्किन पनि सक्छ। ड्यासबोर्डमा घामको किरण पर्दा कारभित्रको तापक्रम पनि बढ्छ। ड्यासबोर्ड कभरमा गर्मी सोस्ने क्षमता हुन्छ। यसले कारभित्रको तापक्रम नियन्त्रणमा रहन्छ।
कुलर : कारभित्र कोल्ड ड्रिंक्स राख्न अब समस्याको कुरा रहेन। कार कुलरको सहयोगले कोल्ड ड्रिंक्स राख्न सहज भएको छ। बजारमा विभिन्न आकारका कार कुलर पाइन्छ। कार फ्रिजर पनि बजारमा उपलब्ध छन्।
कार कभर : कार कभरले कारलाई सुरक्षित राख्नुका साथै गर्मीमा कारलाई घामको चर्को किरणबाट पनि बचाउँछ।
सन स्क्रिन : लक्जरी कारलाई मात्र नभई सामान्य कारका लागि पनि सनस्क्रिन बनेका छन्। यसले ताजा हावालाई कारभित्र आउन दिनुका साथै कारको इन्टेरियरलाई पनि बिग्रन दिँदैन।
सिट कभर : गर्मीमा छालाबाट बनेका सिट धेरै बिग्रन्छ। गाढा रङ भएको सिट झनै छिटो बिग्रन्छ। यो सिट सामान्य सिटभन्दा धेरै छिटो तात्छ। सिट कभर राख्दा गर्मीबाट बच्नुका साथै छालाको सिटको सुरक्षा पनि हुन्छ।
प्रतिक्रिया