नेपालका एक दर्जन आरोहीले अमेरिकाको डेनाली आरोहण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार २१:५८

denaliकाठमाडौं । नेपालका एक दर्जन युवा आरोहीले सयुक्त रुपमा उत्तर अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गर्ने भएका छन् ।

चार पटक सगरमाथा आरोहण गरिसक्नुभएको अन्तराष्टिय माउण्टेन गाईड लाक्पा शेर्पाको संयोजकत्वमा अगामी जुन आठ तारिखमा १२ जना अरोहिले डेनाली सयुक्त रुपमा आरोहण गर्ने भएका छन् । द क्लाइमिड क्लब नेपालको आयोजनामा ह’ने यस आरोहणमा जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव र युवा आरोहीलाई क्लाइमिड कल्चर एक्सचेन्ज गराउने उदेश्य राखिएको छ ।
आरोहण दलमा एक्सपिडिसन लिडर ( लाक्पा शेर्पा, आरोही आडछिरिड लामा, आरोही रामकृष्ण श्रेष्ठ,
आरोही लाक्पा यान्जी शेर्पा, पेमा छोतर शेर्पा, निमा लाथिन लामा,तासी शेर्पा, शेरा जाड्बु शेर्पा,जाड्बु शेर्पा,उषा विष्ट, डोल्मा शेर्पा, नवाड निमा शेर्पा, नुरु शेर्पा हुनुहुन्छ ।
आरोहण टोलीका संयोजक लाक्पा शेर्पाले अमेरिका र नेपालको क्लाइमिड कल्चर एक्सचेन्ज गर्ने उदेश्यले उक्त हिमाल आरोहण गराउन लागिएको जानकारी दिनुभयो । डेनाली संसारको सबैभन्दा ब्यवस्थित हिमाल भएको र त्यहाबाट आरोहीले धेरे सिक्न सक्ने भएकोले सो आरोहण अभियान चलाउन लागिएको न्युर्योर्कबाट संयोजक शेर्पाले बताउनुभयो । सो अभियानको तयारीको आफू केही समय अमेरिकामा रहने जनाकारी दिदै संयोजक शेर्पाले भन्नुभयो, अमेरिकाको राजधानी वासिड्टन डिसी आयोजना यही मार्च ७ र ८ तारिखमा हुन लागेको एडभान्चर टाभल सो मा यस सम्बन्धी जानकारी गराउने छौ ।
आरोहण दलका संयोजक शेर्पाले अभियानको लागि नेपाल पर्वतारोहण संघ, टेकिड एजेन्सीज् एसोसियसन अफ नेपाल (टान), नेपाल पर्यटन वोर्डलगायत संघ सस्थासंग सहकार्य गरी अगाडि बढ्ने जानकारी दिनुभयो ।
सोही अभियान अन्तर्गत हाल अमेरिकामा रहन’भएको नेपालका अन्तराष्टिय माउण्टेन गाईड एवं नेपाल पर्वतारोहण संघका सदस्य शेर्पालाई अमेरिकामा रहेको क्लाइम्बर एसोसियसनले पनि सम्मान गर्ने भएको छ । अमेरिकाको ब्यवस्थापन भने लामो समयदेखि डेनाली बसोवास गरी नेशनल पार्कमा काम गर्दै आउनुभएको आडछिरिड लामाले गर्नुहुनेछ ।
अभियानमा क्लाइमिड क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठ स्वयं डेनाली आरोहणको लागि जानुहुनेछ । पर्वतारोहण प्रशिक्षण संघका निर्वतमान अध्यक्ष नवाड निमा शेर्पाले आरोहणको लागि आबश्यक योग्यता, छनोट र सोको प्रमाण सम्बन्धी कार्य पूरा गरेका उत्कृष्ट युवा आरोहीलाई छनोट गरिएको जानकारी दिनुभयो ।
टोलीका संयोजक शेर्पाले विश्वमा रहेका सातै महादेशका उच्च हिमालमा चरणबद्ध रुपले युवा आरोहीलाई आरोहण गराई नेपालको अन्तराष्टियस्तरमा पर्यटन प्रवद्र्धन गनेृ योजना रहेको बताउनुभयो ।
आरोहण टोलीको नामावली यस प्रकार छ
१) एक्सपिडिसन लिडर ( लाक्पा शेर्पा
२) आरोही आडछिरिड लामा
३) आरोही रामकृष्ण श्रेष्ठ
४) आरोही लाक्पा यान्जी शेर्पा
५) पेमा छोतर शेर्पा
६) निमा लाथिन लामा
७) तासी शेर्पा
८) शेरा जाड्ब’ शेर्पा
९) जाड्बु शेर्पा
१०) उषा विष्ट
११) दानुरु शेर्पा
१२) नवाड निमा शेर्पा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१