यस्तो छ विश्वकै महंगो चक्लेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १३:०८

(एजेन्सी) तपाईंलाई कुनै मिठो चक्लेट खान मनपर्यो भने कति रुपैयाँ खर्च गर्नुहुन्छ ? सायद ५ सय देखि हजार रुपैयाँ सम्म होला तर विश्वमा यस्तो चक्लेट छ जसको मूल्य प्रति १.५ आउन्सकै २५ हजार रुपैयाँभन्दा बढी पर्छ ।

विश्वकै सबैभन्दा महंगो चकलेट भनेर चिनिने उक्त चक्लेट इक्वेडरको उत्कृष्ट काकाओ बिन्सबाट तयार गरिन्छ जसको मूल्य १.५ आउन्सको २ सय ६० डलर राखिएको छ ।
टो’अक नाम दिइएको उक्त चक्लेटका निर्माता अनुसार विश्वका ९५ प्रतिशत चक्लेट धेरै मात्रामा प्रशोधन गरिएको बिनबाट तयार हुन्छ । तर, यस चक्लेटका लागि इक्वेडरबाट विशेष रुपमा काकाओ बिन्स ल्याइन्छ । तिनीहरुलाई तरल चक्लेटमा परिणत गरेर हातैले चक्लेट बार तयार गरिन्छ ।

chokहरेक बारमा ८१ प्रतिशत काकाओ हुन्छ जसलाई तयार गर्न विभिन्न ३६ प्रक्रियाहरु लाग्छ । काकाओको हरेक दानालाई हातले नापेर छानिन्छ । उक्त दानाको आकार ७ देखि ८ मिलिमिटर हुनुपर्ने अनिवार्य हुन्छ ।
यस चक्लेटका सह निर्माता कार्ल स्वीजरका अनुसार यसलाई कुनै फैन्सी वस्तु प्रयोग नगरी स्वादकै लागि विश्वकै महंगो चक्लेट बनाइएको हो ।
हरेक १.५ आउन्सको बारलाई स्पेनिस इल्मबाट तयार गरिएको विशेष डब्बामा राखिएको हुन्छ । यसको अलावा हातको तेल वा पसिनाले यसको स्वाद नबिर्गियोस् भनेर चक्लेट खानका लागि विशेष चिम्टा पनि राखिएको हुन्छ ।
यसको उत्पादन पनि सिमित मात्र हुन्छ । गत वर्ष यस्ता ५ सय ७४ चक्लेटहरु मात्र उत्पादन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१