सामुदायिक विद्यालयलाई अनुदान वितरण प्रकृया शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १२:५०

भक्तपुर २२ फागुन । जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयहरुमा पुस्तकालय, विज्ञान प्रयोगशाला र स्मार्ट बोर्ड राख्न प्राप्त अनुदान वितरणको प्रकृया शुरु गरेको छ । जिल्लामा रहेका विद्यालयहरु मध्ये ८ वटालाई स्मार्ट बोर्ड, २१ लाई पुस्तकालय र १७ लाई विज्ञान प्रयोगशाला बनाउन अनुदान छुट्याईएको छ । उक्त अनुदानको रकम प्राप्त गर्न कार्यालयले प्रस्ताव पेश गर्न आह्वान गरेको हो । बुधबार सार्वजनिक गरिएको सूचनामा १५ दिन भित्र प्रस्ताव पेश गर्न भनिएको छ ।

money nepaliअनुदान प्राप्त गर्न यस अघि दोश्रो उच्च शिक्षा परियोजनाबाट अनुदान तथा अन्य कार्यक्रमबाट समेत अनुदान प्राप्त नगरेका हुनु पर्ने छ । यसैगरी विद्यालय ब्यवस्थापन समिति कायम रहेको, बेरुजु बाँकी नरहेको, पुस्तकालय वा विज्ञान प्रयोगशालाका लागि आवश्यक फर्निचर कोठा, जनशक्ति लगायतका सामाग्रीको ब्यवस्थापन गर्ने, शिक्षक विद्यार्थी अनुपात उच्च भएका तथा विद्यालय निरिक्षकको सिफारिस समेत राखि प्रस्ताव पेश गर्न भनिएको छ ।

यस्तै कम्पुटर तथा स्मार्टबोर्ड सुदृढिकरणका लागि उपलब्ध गराएको रकममा न्यूनतम ६० हजार रुपैंया थप गरी मल्टिमिडिया प्रोजेक्टर सी पी यू लगायतका सामाग्री ब्यवस्था गर्नु पर्ने भनिएको छ । यसैगरी शिक्षक तथा कर्मचारीको बैठकबाट शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता निर्णय समेत राख्न तथा विद्यालयहरुमा अनलाईन पुस्तकालय ब्यवस्थापन गर्ने उल्लेख सहित प्रस्ताव पेश गर्न भनिएको छ ।

स्मार्ट बोर्ड राखन्का लागि ८ विद्यालयमा प्रति विद्यालयको १ लाख ४० हजार रुपै।याको अनुदानको ब्यवस्था गरिएको छ ।
यसैगरी पुस्तकालयका लागि २१ वटा विद्यालयमा १ लाख रुपैंयाका दरले अनुदान दिईने छ भने विज्ञान प्रयोगशालाका लागि १७ विद्यालयमा ६ लाख ५० हजार रुपैंयाको अनुदानको ब्यवस्था गरिएको छ । अनुदान रकमको सही सदुपयोग होस् भनेर विद्यालयहरुलाई थप जिम्मेवार बनाउन विभिन्न मापदण्ड तय गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१