विश्वकप क्रिकेटमा आज इण्डिया र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १२:११

काठमाडौं । विश्वकप क्रिकेटमा आज समूह बीको खेलमा डिफेन्डिङ च्याम्पियन इण्डिया र वेस्ट इण्डिजबीच प्रतिस्प्र्धा हुँदैछ । लगातार तीन जितपछि समूहको शीर्ष स्थानमा रहेको इण्डियाले आज जित हात पार्न सके नकआउट चरणका लागि दरिलो आधार बनाउनेछ । वेस्ट इण्डिज भने ४ अंकसहित तेस्रो स्थानमा छ ।

resize_imageइण्डियन टीमका लागि वेस्ट इण्डिजका प्रभावशाली व्याट्सम्यान क्रिस गेललाई रोक्ने चुनौती हुनेछ । इण्डियन टीमका कप्तान महेन्द्रसिह धोनीले गेलजस्ता व्याट्सम्यानविरुद्ध बलिङ योजना बनाउन र फिल्डर मिलाउन चुनौती हुने बताएका छन् । यद्यपी इण्डियाले विश्वकपमा लगातार जित हात पार्दा एकरुपको प्रदर्शन गदै आएकाले टीमको मनोवल उच्च छ । यता, आयरल्याण्ड र पाकिस्तान पनि नकआउट चरणका लागि अघि बढेका वेस्ट इण्डिज इण्डिया विरुद्ध जितको दवावमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१