एजेन्सी । सिरियाको चरमपन्थी संगठन अल नुस्रका प्रमुखको हवाई आक्रमणमा मृत्यु भएको छ । जिहादी संगठनका अनुसार सो संगठनका प्रमुख अबु होमाम अल शामी लगायत अन्य तीन जना नेता पनि हमलामा मारिएका छन् ।
बेलायती समाचार एजेन्सी रोयटर्सले टर्कीको सीमा नजिक शाल्किन शहरमा सेनाले हमला गरेको जनाएको छ । यता सिरियाको सरकारी समाचार एजेन्सीले सेनाले उत्तरी इडलिब प्रान्तमा नुस्रका नेता माथि हवाई आक्रमण गरेको जनाएको छ ।
प्रतिक्रिया