बिना पासवर्ड खुल्छ तपाइँको फेसबुक एकाउन्ट !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार ०६:५३

न्यूयोर्क/काठमाडौं । के तपाइँलाइ थाहा छ कि तपाइँको फेसबुक एकाउन्टमा ‘साइन इन’ गर्नका लागी पासवर्डको आवश्यकता पर्दैन ? वास्तवमा फेसबुकका केही कर्मचारीहरूले बिना पासवर्ड कुनै पनि फेसबुक युजरको एकाउन्ट खोल्ने सुविधा दिइएको छ ।

 प्रविधि सम्बन्धी एक वेबसाइट ‘वेन्टरबीट’ को एक रिपोर्ट अनुसार, फेसबुकले यद्दपी यो कुरा भने स्पष्ट गरेको छ कि यो बिभिन्न स्तरको तथा एक कडा अनुशासनका साथमा व्यवस्थित हुने उपभोक्ता सहयोग प्रणाली हो तथा विश्वासको उल्लङ्घन गर्ने कर्मचारीलाइ फेसबुक कम्पनीले तत्कालै निकालिदिने गर्दछ । उक्त वेबसाइटले आफ्नो उक्त रिपोर्टमा फेसबुकका प्रवक्तालाइ उद्धृत गर्दै जनाए अनुसार कुनै पनि व्यक्तिको फेसबुक एकाउन्टलाइ खोल्ने स्वतन्त्रता बिभिन्न स्तरहरूमा दिने गरिन्छ, साथै यो पनि केहि निर्धारित कार्यहरूका लागी ।
 निर्दिष्ट गरिएको कर्मचारीहरूले आफ्नो काम संग सम्बन्धित कुराहरूका लागी मात्र कसैको पनि एकाउन्ट खोल्न सक्दछन साथै मात्र त्यहि कार्यका लागी जरूरी सूचनाहरू प्राप्त गर्न सक्दछन । उनले भने कि, यदि कुनै प्रयोगकर्ता संदिग्ध व्यवहार देखाउँदछ भने त्यस कुराको जांचका लागी यस प्रकारका दुइ वटा प्रणालीहरू स्थापित गरिएका छन, यस प्रणालीले यस सम्बन्धमा हरेक साता एक रिपोर्ट तयार गर्दछ ।
 दुइ स्वतन्त्र सुरक्षा टोलीले यस रिपोर्टको पुनसर्मीक्षा गर्दछन । उनले यो पनि भने कि अनुचित व्यवहार वा नियमहरूलाइ उल्लंघन गर्ने कुरालाइ लिएर हामीले निकै कडा व्यवहार अपनाउने गरेका छौं र यस्ता कर्मचारीहरूलाइ तत्काल जागीरबाट निकाल्ने गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१