इङ्गलिश प्रिमियर लिगमा शिर्ष स्थानका क्लबहरु विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७१, बिहीबार १२:४०

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा शिर्ष ५ स्थानका सबै क्लवहरु विजयी भएका छन् ।

footballfiasnशिर्ष स्थानको चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई १/० ले हराँउदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई २/० ले पराजित गर्‍यो ।
यसैगरी तेस्रो स्थानको आर्सनलले क्वीन्स पार्क रेन्जर्सलाई २/१ ले हराँउदा चौथो स्थानको म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडमाथि १/० को जित निकाल्यो । गएराती लिभरपुलले बर्न्लेलाई २/० ले हरायो ।
प्रिमियर लिग अन्तर्गत गएरातीका खेलहरुपछि अंक तालिकामा चेल्सीको अग्रता कायमै छ ।
चेल्सीले २७ खेलबाट ६३ अंक जोडेको छ भने एक खेल बढी खेलेका म्यान्चेस्टर सिटी ५८ अंकका साथ दोस्रो तथा आर्सनल ५४ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१