हनिमुन मनाउँन जाँदा बन्यो विश्व रेकर्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७१, बिहीबार १२:३५

एजेन्सी । एक डच मूलका व्यक्तिले श्रीलंकामा हनिमुन मनाउन जाँदा चार हजार फिट अग्लो पहाड चढेर संसारको दृश्यवलोकन गरिरहेका बेला अकस्मात उनको खुट्टा चिप्लँदा चार हजार फिट तल खसे तर यति माथिबाट खस्दा पनि उनलाई केही भएन ।

honeymoon३५ वर्षीय ममिथो लेन्डासको दुर्घटना त्यतिबेला भयो थियो जब उनले आफ्नी श्रीमतीको तस्बिर खिचिरहेका थिए । डेली मेलका अनुसार घटनाको सूचना पाउने बित्तिकै राहत दलले ती व्यक्तिको ज्यान बचाए र उनी इतिहासमा यो उचाईबाट खसेर पनि जिउँदो भएको पहिलो व्यक्ति बन्न सफल भए । सुरुवातमा ४० सैनिकहरु उनको बचाउनका लागि संलग्न भएपनि पछि सेनाको हेलिकप्टर नै बोलाउनु परेको डेली मेलले बताएको छ । सैनिकहरुले डोरीको मद्दतले लेन्डासको ज्यान बचाउन सफल भएका हुन् ।
श्रीलङ्का आर्मीका प्रवक्ता ब्रिगेडियर जयनाथ जयवीराका अनुसार उनी १३० फिटमाथिबाट रुखमा खसेका हुन् ।

प्रतिक्रिया