एसएलसीको परीक्षा केन्द्रमा सुरक्षाकर्मी बढायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७१, बिहीबार १२:२२

भक्तपुर,२१ फागुन । एसएलसी परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउने भन्दै यस बर्ष सुरक्षाकर्मी थप गर्ने भएको छ । यसअघि एउटा केन्द्रमा १० जना सुरक्षाकर्मी परिचालन गर्ने गरेकोमा यस पटकदेखि १५ जना थप गर्न लागेको हो ।

tsc-edukhabarसुरक्षाकर्मी कम हुदा परीक्षा केन्द्रमा हाल्ला हुने, विद्यार्थीका आफन्तले बाहिरबाट चिट चोराउने घटना बढेपछि सुरक्षाकर्मी थप गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । ‘बिगतको भन्दा थप मर्यादित र शान्तपूर्ण वातावरणमा परीक्षा दिने व्यवस्था गर्न सुरक्षाकर्मी थप गरिएको हो,’उनले भने ।

चैत ५ देखि सुरु हुने परीक्षाका लागि १ हजार ८ सय ६२ निर्धारण गरिएको छ । यसका लागि २७ हजार ९ सय ३० जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । कार्यालयले यस बर्ष सुरक्षाकर्मीलाई दिने भत्ता पनि तेब्बर बृद्धि गरेको छ । गत बर्ष दैनिक ५० रुपैयॉ भत्ता दिने गरेकोमा यस बर्ष १ सय ५० रुपैयॉ दिने भएको छ ।

केन्द्रमा एकरएक जना केन्द्राध्यक्ष, २ हजार ४ सय ४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार निरिक्षक, ७ हजार ६ सय ९९ जना कार्यालय सहायक खटिनेछन् । सुरक्षाकर्मीको जस्तै परीक्षामा खटिने अन्य सबैको भत्ता बढाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१