इङ्गलिस प्रिमियर लिग- साउथह्याम्पटन र एस्टन भिल्ला विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० फाल्गुन २०७१, बुधबार १४:४८

काठमाडौं २० फागुन । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा साउथह्याम्पटन र एस्टन भिल्ला विजयी भएका छन् ।

तालिकाको पाँचौ स्थानमा उक्लने क्रममा साउथह्याम्पटनले क्रिष्टल प्यालेसलाई १-० ले हरायो ।

साउथह्याम्पटनलाई विजयी गराउन सादियो मानेले ८३ औं मिनेटमा निर्णायक गोल गरे ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा एस्टन भिल्लाले वेष्ट ब्रोमलाई२-१ ले हरायो । भिल्लालाई विजयी गराउन ग्याब्रिएल एग्बोनलाहोर र क्रिष्चियन बेन्टेकेले एक एक गोल गरे ।

वेष्ट ब्रोमका बेराहिनोले एक गोल फर्काएका थिए । गएराती भएको अर्को खेलमा हल सिटीले सन्डरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको छ ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा २६ खेलबाट ६० अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

एक खेल बढी खेलेका म्यान्चेस्टर सिटी ५५ अंकका साथ दोस्रो तथा आर्सनल ५१ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१