एसीसी प्रिमियर लिग क्रिकेट : नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७१, शुक्रबार १४:३४

१९ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात परेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियामाथि ५ विकेटको सानदार जित हात पारेको हो ।

मलेसियाले दिएको एक सय ५० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले ३७ दशमलब ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि मेहबुब आलामले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा कप्तान पारस खड्का ११ रन बनाएर पेभिलियन फर्केका थिए । यस्तै नरेश वुढाएरले ८ रन जोड्दा ओप्नर सुवास खकुरेल खाता नै नखोलि पेभिलियन फर्केका थिए । यसैगरी विनोद भण्डारी तथा सरद भेष्वाकर नटआउट क्रमश १३ र २९ रनको योगदान दिए ।

यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ४९ रन जोडेको थियो । मलेसियाका लागि अनवर अरुद्दिनले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी साफिक सारिफले २४, सुहारिल फेत्रीले २२ रन, इरफान जरवानी र काजियार हायातले समान १३/१३ रन बनाए ।

नेपालका लागि १० ओभर बलिङ गरेका सोमपाल कामीले नेपालका ४७ रन दिँदै ५ विकेट लिएका थिए । यसैगरी बसन्त रेग्मीले २, मेहबुब आमल, पारस खड्का र सागर पुनले समान १/१ विकेट लिए

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१