दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड सामु ४ सय १२ रनको लक्ष्य प्रस्तुत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १४:३०

एजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले आयरल्याण्ड सामु ४ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ४ विकेटको क्षेतिमा ४ सय ११ रन बनाएको हो ।दक्षिण अफ्रिकाका लागि हसिम अमलाले १ सय ५९, फेफ डु प्लेसिसले १ सय ९, राइली रोसिउले नटआउट ६१ तथा डेभिड मिलरले नटआउट ४६ रन बनाए । आयरल्याण्डले लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गर्दैछ ।

Cricket WCup South Africa Irelandयसअघि वेष्ट ईन्डिजलाई हराएको दक्षिण अफ्रिका, उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । यसअघिको खेलमा वेष्ट ईन्डिजलाई २ सय ५७ रनले हराउँदा भिल्लर्सले १७ चौका र ८ छक्कासहित ६६ बलमा १ सय ६२ रन बनाएका थिए । प्रतियोगितामा ३ खेल खेलेको दक्षिण अफ्रिका २ मा जित निकाल्दै समूह बीको दोस्रो स्थानमा छ । आयरल्याण्डले भने २ खेलमा दुवै खेल जितेको छ । आयरल्याण्ड समूह बीको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१