सामसुङको ग्यालेक्सी एस ६ तथा एस ६ एज सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:४७

काठमाडौं,१९ फागुन । सामसुङले ग्यालेक्सी फोन सिरिजका दुई नयाँ संस्करण सार्वजनिक गरेको छ । बार्सिलोनामा भएको मोबाइल कंग्रेसबाट सामसुङले ग्यालेक्सी एस ६ तथा ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको हो । ग्यालेक्सी एस ६ एजको स्क्रिन किनारबाट मोडिएको छ । सामसुङका नयाँ फोन आउँदो अप्रिल १० बाट २० वटा देशको बजारमा बिक्रिवितरण सुरु हुने जनाइएको छ । नयाँ संस्करणमा केही चुनिएका नम्बरमा तुरुन्त सम्पर्क गर्ने तथा आवश्यक जानकारीका लागि सचेत गराउन सकिने कम्पनीको दाबी छ ।

_81326866_3bf31936-3566-4dd9-8df8-5219e297d924ग्यालेक्सी एस ६ एजमा एस ५ को भन्दा राम्रो स्क्रिन छ जसलाई किनारबाट मोडिएको छ । नयाँ संस्करणमा प्लाष्टिकको साटो मेटलको फ्रेम छ ।
आइ फोन ६ मा भन्दा ग्यालेक्सी एस ६ र एस ६ एजको ब्याट्री चार्ज गर्न आधाभन्दा कम समय लाग्ने कम्पनीले जनाएको छ । वायरलेस चार्जिङको सुविधा पनि रहेको फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुने जनाइएको छ । १६ मेगापिक्सलको क्यामेरा रहेको फोनको फ्रन्ट क्यामेरा पनि पाँच मेगापिक्सलको छ । यो क्यामेराले एक सेकेण्ड भन्दा कम समयमा पनि फोटो खिच्न सक्ने र कम प्रकाश भएको बेलामा पनि फोटो तथा भिडियो खिच्न सकिने छ ।

150302031356_samsung_s6_624x351_reutersएस ६ को यो नयाँ संस्करणमा ६४ बिट प्रोसेसर छ जुन बढी पावरफुल तथा उर्जा किफायती पनि छ । यसको टच स्क्रिन एस ५ को भन्दा राम्रो तथा तिब्र रहेको कम्पनीले जनाएको छ । यस्तै स्क्रिनमा समय तथा मौसमबारेको जानकारी पनि रहने छ । तर एस ६ का नयाँ फोन वाटर प्रुफ नभएको र बाहिरी मेमोरिकार्ड पनि राख्न नसकिने विशेषज्ञले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१