स्वीकृति बिना अन्यत्र पढाउन प्रतिबन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:४३

काठमाडौं,१९ फागुन । शिक्षा विभागले विभागीय स्वीकृत बिना शिक्षकलाई अन्यत्र काम गर्न नदिन शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । विभागको पुस २० को निर्णय कार्यान्वयन गर्न भन्दै आइतबार ७५ जिल्ला शिक्षा कार्यालय र ५ क्षेत्रीय कार्यालयलाई परिपत्र गरेको हो । शिक्षा नियमावली अनुसार शिक्षकहरुले विद्यालयको काममा बाहेक अन्य काम गर्न स्वीकृत लिनु पर्ने व्यवस्था छ । नियमावलीको नियम १३३ ज अनुसार अन्यत्र काम गर्न शिक्षकले शिक्षा कार्यालयबाट स्वीकृति लिनु पर्ने हुन्छ ।

department of education-edukhabarस्वीकृतिका लागि निवेदन दिएको १५ दिनभित्र कारबाही प्रक्रिया अघि बढाइसक्नु पर्ने हुन्छ । स्वीकृत दिएको विवरण शिक्षा कार्यालयमा अध्यावधिक राख्नु पर्ने हुन्छ । शिक्षक कार्यरत रहेकै विद्यालयमा उच्च माध्यमिक तह सञ्चालन भएमा तल्लो तहका शिक्षकले उच्च माध्यमिक तहमा पठनपाठनको कार्य गर्दा विभागीय स्वीकृति लिनु पर्दैन । तर, अन्यत्र सञ्चालित उच्च माध्यमिक विद्यायलमा काम गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ । क्याम्पस तहमा पढाउदा पनि स्वीकृति लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१