पिकनिकको रमाइलो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:४०

ज्ञानमणि नेपाल‘कालोटोपी’

पिकनिक, आधुनिकताले छोएका विशेष गरि युवायुवतीहरुको मनोरञ्जनको भरपर्दो विषय । विगत केहि वर्ष देखि अनिवार्य आवश्यकता जस्तै । राजधानी भित्रको कोलाहलयुक्त वातावरणमा पिकनिक असम्भवप्रायः नै छ । शान्त वातावरण, रमाइलो भू–बनोट, हरियो जंगल , सुन्दर हिमश्रृखलाहरुको अवलोकन, पिकनिकलाई थप रोचक बनाउने विषयहरु हुन् । त्यसैले पिकनिकका लागि यस्तै वातावरणयुक्त ठाउँ खोजिन्छ । पिकनिकमा रमाउन चाहने धेरैलाई थाह छ , राजधानी नजिकैका पीकनिक गन्तव्यहरु ।
थानकोट , दक्षिणकाली, गोदावरी, वुढानिलकण्ठ, चाँगुनारायण, नगरकोट, धुलिखेल, दोलालघाट , सुन्दरीजल, र ककनी राजधानी नजिकैका आधुनिक सुविधा सम्पन्न पिकनिक गन्तव्यहरु हुन् । जहाँ वर्र्षैभरि नै पिकनिक जानेहरुको बाक्लै भीड हुने गर्छ । यी राजधानीका चलेका गन्तव्यहरु बाहेक बाहिरी जिल्लाहरुमा पनि स्थानियस्तरमै विभिन्न ठाउँहरु पीकनिकका लागि रोज्ने गरिएको पाइन्छ । कुनै जाती विशेषका आफ्नै साँस्कृतिक विशेषता भए जस्तै पिकनिकको पनि आफ्नै महत्व त छ नै । के छ त यसको पौराणिक महत्व ?
युवा साहित्यकार एवं संस्कृतिविद् त्रिलोचन आचार्य भन्छन् –‘ त्रेता युगमा भगवान श्रीरामकी पत्नी सितालाई लंकाका राजा रावणले हरण ग¥यो । सिताको खोजीमा राम – लक्ष्मण २ दाजुभाईले धेरै समय जंगलमा बिताउनु प¥यो ।

piknikउनीहरुले जंगलमा वास बसे , खाना खाए अनि धेरै समय पछि सिता भेटिए पछि रामले जंगलमै आफन्तहरुलाई भोज खुवाए । त्यस पछि वनमा गएर भोज खाने वनभोजको परम्परा बस्यो । यहि वनभोज अहिले आएर आधुनिकता सहितको पीकनिक भएको हो ।’ नुवाकोटको ककनीका ८० वर्षिय वृद्ध भक्त बहादुर लामा भन्छन्–“ पिकनिकको आफ्नै साँस्कृतिक महत्व भए पनि अहिले यस प्रति विकृतिहरु वढि भित्रीएका छन् । यो राम्रो होइन ।”
पिकनिकको पुरानो पक्ष जे भए पनि यसमा अहिले आधुनिकताले प्रवेश पाएको पक्कै हो । त्यसैले यसलाई व्यवसायकै रुपमा संचालन गर्नेहरुको पनि कमी छैन , अहिले । राजधानीबाट नजिकै रहेको नुवाकोट जिल्लाको ककनी आधुनिक सुविधा सम्पन्न भरपर्दो पिकनिक स्थल हो । यहाँ विगत २ दशक भन्दा वढि समय देखि नेपाल पर्वतारोहण संघ, ककनी गणेशदेवी निमावि , तथा अन्य स्थानिय क्लवहरुद्धारा संचालित करिब ५० वटा पिकनिक स्पटहरु रहेका छन् । चिसो वातावरण, हिमाली दृष्यहरुको अवलोकन गर्न सकिने, हरियाली वनजंगल, अनि राजधानीको कोलाहलयुक्त वातावरण भन्दा विल्कुलै आनन्द आउने पक्ष भएका कारण यहाँ वर्ष भरि नै पिकनिक आउनेहरुको भीड लाग्ने गरेको स्थानिय व्यवसायी विष्णु लामाले बताए । उनका अनुसार यो ठाउँ स्टेबरी खेती, च्याउ खेती तथा रेन्बो ट्राउट माछा पालनको लागि पनि प्रसिद्ध रहेकाले पिकनिकको मजा पनि लिऊँ र यी विषयहरुको अवलोकन पनि गरौं भनेर आउनेहरुको संख्या पछिल्ला दिनहरुमा वढ्दै गएको छ ।
दैनिक ठुलो संख्यामा आउने पिकनिकप्रेमिहरुले बजाउने गरेका आधुनिक म्यूजिक सिस्टमहरुको आवाजले ककनी दैनिक जसो गुञ्जायमान हुने गर्छ । स्वदेशिहरुका लागि पिकनिक र स्वदेशि तथा विदेशिहरु दुवैका लागि भरपर्दो पदयात्राको शूरुवात ककनीको अर्को विशेषता हो । यहाँबाट राजधानीको सुन्दरीजल र वुढानिलकण्ठ सम्म पुग्ने पदयात्राको गएको केहि वर्ष देखि शुरुवात भईसकेको छ । पिकनिक जानेहरुले एउटा स्पटको एक दिनको ५ सय देखि १५ सय सम्म तिर्नु पर्छ । म्युजिक सिस्टमको २ हजार देखि ३ हजार सम्म छुट्टै लाग्छ । यसले ककनीको आर्थिक स्तरमा वृद्धि भएको व्यवसायी लामाले बताए । ककनीमा आज भन्दा २२ वर्ष अगाडि सन् १९९२ मा नुवाकोट जिल्लाको घोप्टेभीरमा थाईएयरवेजको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको सामुहिक शव गाडिएर निर्माण गरिएको ककनी मेमोरियल पार्कले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको व्यवसायी विष्णु बताउँछन् ।
धेरै कम्पनी, संस्था, क्लव र समुहहरुले यस वर्ष ककनीमा पिकनिकको मजा लिएको नेपाल पर्वतारोहण संघका श्याम कुमार लामाले जानकारी दिए । पिकनिकको महत्वलाई बुझेर सकारात्मक पक्षलाई जोड दिदैं पिकनिक मनाउने हो भने ककनीको पिकनिक धेरैको लागि अविष्मरणि हुने उनको भनाई छ । अन्यथा क्षणिक रमाईलोले पिकनिककै कारण जिन्दगी भर पछुताउने दिन आउने तर्फ आयोजकहरु सचेत हुनु पर्ने लामाले बताए । ककनी जस्तै आफ्नै छुट्टै विशेषता बोकेका अन्य गन्तव्यहरुमा पनि पिकनिक प्रेमीहरुको बाक्लै भीड लाग्ने गरेको सम्बन्धित पिकनिक स्पटहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१