तलब नपाएपछि सम्पूर्ण शैक्षिक संस्था अनिश्चतकालका लागी बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार १६:२४

प्रविण टिबडेवाल

रौतहट,१८ फाल्गुन । तलब नपाएका कारण रौतहटका शिक्षकहरुले आईतवार देखी अनिश्चीत समयका लागि जिल्ला शिक्षा कार्यालयमा ताल्चा लगाउनुका साथै जिल्लाका सम्पुर्ण शैक्षिक संस्थानमा कामकाज ठप्प पारेका छन् ।
हिन्दुहरुको महान पर्व होली आउन अब केहि दिन मात्र बांकि रहंदा पनि शिक्षा कार्यालयले शिक्षकहरुको तलब भुक्तानि नगरेको भन्दै रौतहटमा कार्यरत शिक्षकहरुले अनिश्चीत समयका लागि जिल्ला शिक्षा कार्यालयमा ताल्चा लगाएका हुन् । जिल्लाको शैक्षिक क्षेत्रमा बढ्दै गएको विकृति तथा विसंगति लाई हटाउन र विगत चार महिना देखी बांकि रहेको शिक्षकहरुको तलबको रकम निकासा गर्न पटक पटक जिल्ला शिक्षा अधिकारीलाई भन्दा पनि कुनै पहल नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रेको शिक्षकहरुले बताएका छन् ।

school banda-edukhabarआन्दोलनरत शिक्षकहरुले फागुन ८ गते सम्ममा तलबको रकम निकासा तथा विभिन्न सात बुन्दे माग कार्यन्वयन गर्नका लागि फागुन ३ गते जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गरी जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए तर मांगहरु कार्यान्वयन नभएपछि आईतवार देखि अनिश्चीत समयका लागि जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्नुका साथै जिल्लाका सम्पुर्ण सरकारी विद्यालय बन्द गरी पठन पाठन ठप्प पारेका छन् । रौतहटमा मावि, निमावि, प्रावि, पीसीएफ र राहतको गरी करिब ३ हजार शिक्षक शिक्षिकाहरु हाल अध्यापन गराई रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१