काठमाडौं,१८ फागुन । विद्युतीय सामाग्र निर्माता कम्पनी एचपीले पातलो र हलुका ल्यापटप बजारमा ल्याएको छ । एचपीले स्पेक्ट्रा एक्स ३६० ल्यापटप बजारमा ल्याएको छ । जुन ल्यापटप पातलोसँगै हलुका पनि छ । एचपीले ल्याएको नयाँ स्पेक्ट्रा एक्स ३६० ल्यापटप विन्डोज ८ दशमलव १ प्रोगामबाट चल्ने छ । यो १३ दशमलव ३ इन्चको छ । लिनोभाको योगा टु प्रो जस्तै यसको तौल ३ दशमलव २६ पाउण्ड छ तर यसलाई ल्यापटप, ट्यावलेट, टेन्ट तथा स्ट्याण्ड मोडमा फोल्ड गर्न सकिन्छ ।
आल्मुनियमको कभर भएको एक्स ३६० मा इनटेलको कोर आइ फाइभ प्रोसेसर, ४ जिबीको र्याम तथा १ सय २८ जिबीको एसएसडी छ । जसको मुल्य ८९९ दलमलव ९९ अमेरिकी डलर छ । एचपीले इनटेलको कोर आइ फाइभ प्रोसोसर, ८ जिबीको र्याम, २५६ जिबीको एसएसडी भएको ल्यापटपको मुल्य ९९९ दशमलव ९९ अमेरिकी डलर तोकेको छ । इनटेलको कोर आइ सेभेन प्रोसेसर, ८ जिबीको र्याम र २५६ जिबीको एसएसडी भएको ल्यापटपको मुल्य १ हजार १ सय ५० तथा इनटेलको कोर आइ सेभेन प्रोसेसर, ८ जिबीको र्याम र ५१२ जिबीको एसएसडी भएको ल्यापटपको मुल्य १ हजार ४ सय अमेरिकी डलर तोकेको छ । यी सबै ल्यापटपको व्याट्रि साढे १२ घण्टा सम्म टिक्ने एचपीले जनाएको छ ।
प्रतिक्रिया