पर्यटन व्यवसाय सुधार गर्न सुझाव समिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार १२:४२

सोलुखुम्बु,१८ फागुन । पर्यटन व्यवसाय सुधार कार्यक्रम छनौट गर्न सोलुखुम्बुमा छुट्टा छुट्टै ३ वटा सुझाव समिति गठन गरिएको छ । समितिले पेश गरेको प्रतिवेदन अनुसार आगमी आर्थीक वर्षमा कार्यक्रम सञ्चाल गरिने पनि जिल्ला विकास समिति सोलुखुम्बुले जनाएको छ । होम स्टे तथा होटल व्यवसाय प्रवद्र्धन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका गर्न काग्रेस सोलुखुम्बुका सभापति आङगेलु शेर्पाको संयोजकत्वमा ४ सदस्य होम स्टे तथा होटल व्यवसाय प्रवद्र्धन सुझाव समिति गठन गरिएको छ ।

touristयस्तै कृषि तथा पर्यटन व्यसाय प्रवद्र्धन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका गर्न एमाले सोलुुखुम्बुका सचिव ढुफकुमार बास्तोलाको संयोजकत्वमा ४ सदस्य सुझाव समिति गठन गरिएको जिल्ला विकास समिति सोलुखुम्बुले जनाएको छ । २३ औ जिल्ला परिषदबाट अनुमोदन गरिएको खेलकुद तथा पर्यटन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका लागी एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष महेश किरातीको संयोजकत्वमा ४ सदस्य कार्यक्रम सुझाव समिति गठन गरिएको छ । गठित समितिले पर्यटन व्यवसाय सुधार तथा प्रवद्र्धन गर्न उपयुक्त कार्यक्रम छनौट गरि प्रतिवेदन पेश गर्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१