दक्षिण अफ्रिकाको विशाल जित !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १४:२७

सिड्नी । कप्तान एबी डिभिलियर्सको विस्फोटक सतकीय पारी साथै इमरान ताहिरले ५ विकेट लिएपछि दक्षिण अफ्रिकाले वेस्ट इण्डिजमाथि सानदार जित दर्ता गरेको छ । अष्ट्रेलियाको सिड्नमा शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजलाई २ सय ५७ रनले पराजित गरेको हो । ४ सय ९ रनको विशाल चुनौती पछ्याएको वेस्ट इण्डिज ३३ ओभर १ बलमा १ सय ५१ रन जोड्दा अलआउट भयो । उसका लागि कप्तान ज्यासन होल्डरले सर्वाधिक ५६ रनको योगदान गरे । दक्षिण अफ्रिकाका इमरान ताहिरले ५, केल एबोट र मोर्ने मोर्कलले समान २ तथा डेल स्टेनले १ विकेट लिए ।

SA-300x168यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय ८ रन जोडेको थियो । उसका लागि कप्तान एबी डिभिलियर्सले ६६ बलमा १७ चौका र ८ छक्काको मद्दतमा १ सय ६२ रनको किर्तिमानी पारी खेलेका थियो । ६४ बलमा १ सय ५० रन पूरा गरेका डिभिलियर्सले अष्ट्रेलियाका सेन वाट्सनको रेकर्ड आफ्नो नाममा लेखाए । यसअघि वाट्सनले ८३ बलमा १५० रन पूरा गर्दै रेकर्ड बनाएका थिए । डिभिलियर्सका अलावा हासिम अम्लाले ६५, फाफ डुप्लेसिसले ६२ र राईली रुसोले ६१ रन जोडे । वेस्ट इण्डिजका लागि क्रिस गेल र डरेन स्यामीले समान २ तथा ज्यासन होल्डरले १ विकेट लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१