शिक्षक लाईसेन्स परीक्षामा झण्डै डेढ लाख सहभागि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १०:४५

भक्तपुर १७ फागुन । शिक्षक सेवा आयोगले लिने शिक्षक लाईसेन्स परीक्षाका लागि देशभर बाट १ लाख २२ हजार ५ सय ६४ जना सहभागि हुने भएका छन् । लाईसेन्सको परिक्षा शनिबार र आईतबार गरी दुई दिन हुँदैछ । शनिबार भएको निमाविको परीक्षामा ९८ हजार ७ सय २४ जनाले फारम भरेका आयोगले जनाएको छ । यस्तैं आज आईतबार हुने माविको परीक्षामा २३ हजार ८ सय ४० जनाले फारम भरेका थिए ।

tsc-edukhabarपरीक्षाका लागि देशभर माविको १ सय १६, निमाविका लागि ४ सय ८ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको सबै तयारी पुरा भएको आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए । यसैविच आयोगले प्रावि, निमावि र माविका प्रथम तथा द्धितीय तहको आन्तरिक बढुवा प्रयोजनका लागि शुक्रबार परीक्षा लिएको थियो । तिनै तहमा प्रथम र द्धितीय गरी ३ सय ७७ पद सँख्याका लागि ६ हजार ४ सय ६२ जना प्रतिस्पर्धामा रहेको शिक्षक सेवा आयोगले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१