राति इ–बुक पढ्ने बानी छ ? ख्याल गर्नुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १०:३९

रातिमा सुत्नु भन्दा पहिले इ–बुक पढ्ने बानी छ भने सुधार गर्नुपर्ने भएको छ । सुत्नु अघि इ–बुक पढ्नेहरुको स्वास्थ्य किताब पढ्नेको भन्दा खराब हुने एक अध्ययनले देखाएको छ । बेलायतको हावर्ड मेडिकल स्कुलका चिकित्सकले गरेको अनुसन्धानले सुत्नु भन्दा पहिले प्रकाश भएको इ–बुक पढ्ने व्यक्तिलाई राम्रोसँग निद्रा नलाग्ने र बिहान उठ्दा बढी थकित हुने गरेको देखाएको छ । तर प्रकाश बिनाको इ–बुक पढ्नेलाई भने कुनै खतरा नरहेको अनुसन्धानकर्ताले बताएका छन् ।

kkमानिसको शरीरले दिन र रातको फरक थाहा पाउनका लागि प्रकाशको प्रयोग गर्दछ र त्यही अनुसार व्यवहार पनि गर्दछ । तर स्मार्टफोन, ट्वलेट, तथा एलइडी प्रकाशले मानव शरीरको रुटिन प्रभावित हुन्छ । बेलुकीपखको प्रकाशले मानिस निदाउन चाहिने हर्मोन म्यालाटानिन बनाउन रोकिदिन्छ वा कम गर्छ । अनुसन्धानकर्ताले यो प्रयोगमा १२ जनालाई दुई हप्तासम्म निद्रा ल्याबुरेटरीमा राखेका थिए । ती मानिसले पाँच दिन किताब पढे भने पाँच दिन आइप्याड मार्फन इ–बुक पढे । नियमित रुपमा लिइएको रगतको नमुनाले इ–बुक पढ्नेको शरीरमा निद्राका लागि चाहिने हर्मोन म्यालाटानिन कम बनेको पाइयो ।
इ–बुक पढ्नेलाई निद्रा लाग्न धेरैबेर लाग्ने, गहिरो निद्रा नलाग्ने र बिहान उठ्दा बढी थकान महसुस भएको पाइयो । तर किताब पढ्नेहरुमा पने यो समस्या नपाइएको अनुसन्धानकर्ताले आफ्नो निष्कर्षमा उल्लेख गरेका छन् । अनुसन्धानकर्ताले यो अनुसन्धानको निष्कर्ष नेशनल एकेडेमी अफ साइन्सेजको जर्नलमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१