एजेन्सी । अमेरिकाको मिसौरी राज्यमा एक बन्दुकधारीले गोली हानी ७ जनाको हत्या गरेको छ । बन्दुकधारीले मिसौरी राज्यस्थित घरघरमा गएर अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
मारिने सातै जना नातेदार र छिमेकी रहेको बताइएको छ । गोली हान्ने व्यक्ति टेरोन निवासी ३६ बर्षिय जोसेफ एल्डरेज रहेको र अन्त्यमा उसले समेत आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
प्रतिक्रिया