​स्वारेज चम्किंदा बार्सिलोनाको जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १०:१५

एजेन्सी । लुइस स्वारेजको प्रभावशाली प्रदर्शनमा बार्सिलोनाले स्प्यानिश ला लीगामा गएराति ग्रानाडामाथि जित हात पार्दै अंक तालिकामा शीर्ष टोली रियाल मड्रिडसंगको अन्तर कम गराएको छ । ग्रानाडालाई ३–१ ले पराजित गरेको बार्साले २५ खेलबाट ५९ अंक जोड्दा एक म्याच कम खेलेको रियाल एक अंकले मात्र अगाडी छ । बार्साका लागि स्वारेजले एक गोल गरेका थिए भने दुई गोलमा भूमिका खेले ।

resize_image (1)उनको पासमा इभान राकिटिकले २५ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरुवात्मा स्वारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा ग्रानाडाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि स्वारेजको पासमा लियोनल मेसीले ७० औं मिनेटमा गोल थपेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१