सम्भोग गर्दा र मर्दा पनि बुझाउनु पर्ने ट्याक्स ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार ०६:४८

अहिलेसम्म तपाईंले सर्भिस, इनकम र हाउस ट्याक्सजस्ता ट्याक्सको बारेमा सुन्नुभएको होला तर संसारमा यस्तो ट्याक्स पनि लगाइएको छ जसको बारेमा सुन्दा तपाईंलाई अचम्म लाग्नसक्छ ।

डेठ रिभ्यु ट्याक्सः अमेरिकाको सिएटलमा मर्दा पनि ट्याक्स बुझाउनु पर्ने हुन्छ । मृत व्यक्तिको परिवार अथवा आफन्तहरुले मृत व्यक्तिको चिकित्सीय जाँच गर्ने अधिकारीलाई ५० डलर रुपैयाँ दिनुपर्ने हुन्छ । यो शुल्क दिइसकेपछि मात्र अधिकारीले मृत व्यक्तिको अन्तिम संस्कारको अनुमती दिने गर्दछ ।   फ्ल्यास ट्याक्सः अमेरिकाको मेरील्याण्ड र भर्जिनिया दुई यस्ता प्रान्त हुन् जहाँ शौचालय गइसकेपछि फ्लश गर्दा ट्याक्स दिनुपर्ने हुन्छ ।   ट्याटु ट्याक्सः नेपालको जुनसुकै ठाउँमा ट्याटु बनाउँदा तपाईंले केहि ट्याक्स तिर्नुपर्दैन तर अरकान्ससमा बस्नेहरुले यदि ट्याटु बनाउन चाहदाँ ६ प्रतिशत सेल्स ट्याक्स दिनुपर्ने हुन्छ ।   मुद्दा लड्दा ट्याक्सः नेपालमा बस्नेहरुले कसै विरुद्ध मुद्दा लड्दा ट्याक्स तिर्नुपर्दैन तर न्यूयोर्कमा मुद्दा लड्दा ट्याक्स तिर्नुपर्ने हुन्छ ।   सेक्स ट्याक्सः यो सन् १९७१ को कुरा हो जब अमेरिकाको रोड आइल्याण्डमा आर्थिक मन्दी चलिरहेको थियो । जसका कारण त्यहाँको सरकारले एउटा यस्तो बिल पेश गर्यो जसका अनुसार शारिरिक सम्बन्ध बनाउने व्यक्तिहरुबाट दुई डलरको लेबी असुली गरिन्थ्यो । यद्यपी यो ट्याक्स कसैबाट जर्बजस्ती लिइँदैनथ्यो । कसैले चाहेको खण्डमा भने दिन सक्थे ।   हट एयर बलुनमा घुम्दा पनि ट्याक्सः केन्ससमा हट एयर बलुनमा घुम्ने व्यक्तिहरुका लागि पनि ट्याक्स लगाइन्थ्यो ।   ट्यानिङ ट्याक्सः सायद तपाईंले माथि उल्लेखित ट्याक्सहरुजस्तै यो ट्याक्सको बारेमा पनि सुन्नुभएको छैन होला । अमेरिकामा समुन्द्र किनारामा गएर यदि कसैले ट्यानिङ तथा इन्डोर ट्यानिङ सैलुनमा गएर ट्यानिङ गराउँदा ट्याक्स दिनु पथ्र्यो ।   फ्रेश फ्रुट वेन्डिङ ट्याक्सः अमेरिकाको क्यालिफोर्नियामा वेन्डिङ मेसिनबाट फलफुल किन्दा सेल्स ट्याक्स दिनुपथ्र्यो । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१