क्यान महासंघद्वारा आइसिटीको अधिकार हननमा सस्थाको गम्भीर ध्यानाकर्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १९:२६

प्रेस विज्ञप्ति

ict 1

सूचना प्रविधि क्षेत्रको विषयवस्तुलाई आम नागरिकमा सूसुचित गराउने काममा विगत ४ वर्षदेखि आइसिटी पत्रकार विकास मञ्चले काम गर्दै आएको जानकारी गराउन चाहन्छौ । सूचना प्रविधि क्षेत्रको विकास र बिस्तारका लागि संस्थागत सहयोग ऐक्यबद्धता र पत्रकारीतालाई माध्यम बनाएर संस्थाले प्रिन्ट अनलाइन र बिद्युतीय कार्यक्रमहरु प्रकाशन प्रसारण समेत गर्दै आएको छ ।
सूचना प्रविधि क्षेत्रको विकासलाई देश विकासका लागि प्रयोगमा ल्याउने छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल क्यानको विषयगत सदस्यता पाएको ३ वर्ष भइसकेको
जानकारी सबैमा गराउन चाहन्छौं । २२ वर्षको सूचना प्रविधि यात्रामा हासिल गरेको उपलब्धिलाई संस्थागत गर्न क्यान महासंघको निर्वाचन प्रक्रियामा जँदा ढकाल नेतृत्वबाट विषयगत सदस्यताको अधिकार खोस्ने काम भएकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
फरक मत राखेकै कारण पत्रकारीतामाथि क्यानको अहिलेको नेतृत्वले पत्रकारीतामाथि औला उठाउने काम भएकोमा यो कुरा संस्थालाई सह्या छैन । वर्तमान अध्यक्ष ढकालले विषयत सदस्यको नवीकरणका लागि क्यान महासंघको निर्वाचन प्रक्रियामा एकल निर्देशन र शैलीको राजनीति शुरु गरेकोमा संस्थाको गम्भीर आपत्ति रहेको छ । एसएलसीको मार्कसीट र कम्युटरको सर्टिफिकेटको प्रमाणपत्र खोजेर महासंघ निर्वाचनका लागि संस्थाको नवीकरण हुन नसकेको भन्दै विषयत सदस्यता अधिकारबाट अलग गराउने काम भयो । साथै विषयगत सदस्य संस्था नवीकरणका लागि १० प्रतिशत रकम क्यान सचिवालयमा नआएको भनी थप पक्षपात व्यवहार भयो । यसअघिका वर्षमा नवीकरणका लागि विषयगत सदस्यगत संस्थाको हकमा जिल्ला प्रशासनमा नवीकरण गरेको र लेखापरीक्षण विवरण पेश गरे पुग्ने प्रावधान क्यानको बिधानमा उल्लेख छ ।
साथै सूचना प्रविधिको वकालत गर्ने क्यान महासंघ प्रक्रियामा गइसक्दा इमेलबाट पठाएका विवरण मान्य नहुने वर्तमान क्यान नेतृत्वले गर्यो । निर्वाचन प्रक्रियाका लागि आइसिटी पत्रकार विकास मञ्चले क्यानको कुमारी बैंकको खाता नं००११५२४००२३५७००२७ मा लेखापरीक्षणमा संस्थाको सदस्य नवीकरण शुल्क रु. ३५०० को १० प्रतिशत रु ३५० शुल्क बुझाउदा त्यसको विवरण क्यानमा नआएको अध्यक्ष विनोद ढकालले बताए ।
डिजिटलाइज्डको युगमा एसएमएस ई बैर्किङ सेवाको जमानमा आइसिटी पत्रकार विकास मञ्चले नवीकरण शुल्क आएन भन्ने जमातले क्यान महासंघलाई कहा पुर्याउने हो आइसिटीप्रेमीहरुले एकपटक सोच्नुपर्नेबेला आएको छ ।
क्यान महासंघको निर्वाचन प्रक्रियाको कार्यतालिका समेत क्यानले विषयगत सदस्यलाई जानकारी दिएन भने व्यक्तिगत आइफोनबाट मेसेज पठाएर आइसिटीको हार्डकपी नवीकरणका लागि कागजात पठाउन अन्तिम अवस्थासम्म पनि आफ्नो व्यक्तिगत शैली देखाए ।
पत्रकारको संस्थाले आफ्नो पदाधिकारी र साधारण सदस्यको विवरण प्रमाणित गरेर पठाउदा पनि कुनै पनि प्राइभेट लिमिटेडमा नोकरीका लागि क्यान महासंघलाई कागजात पठाउनुपर्ने नियम बनाएर आइसिटी मञ्चको विषयगत अधिकार खोसियो ।
क्यानको वर्तमान समितिबाट अधिकार खोसिए पछि निर्वाचन प्रक्रियाको दाबी बिरोधमा फाल्गुन १३ गते २ बजेदेखि २.३० को समयमा संस्थाले विषयगत अधिकार खोसिएको भनी क्यान महासंघको निर्वाचन कमिटिलाई लिखित उजुरी दिए पनि त्यसको सुनुवाई भएन । क्यान महासंघ तदर्थ समितिका अध्यक्ष ढकाललाई क्यान महासंघ निर्वाचन प्रक्रियाबाट आइसिटी मञ्चलाई किन हटाइयो भनी लिखित निवेदन पेश गरे पनि त्यसप्रति कुनै जवाफ पठाइएन ।
सदस्यता दिने बेलामा सबै प्रक्रिया पुग्ने निर्वाचन प्रक्रियाका लागि नवीकरणमा भने प्रक्रिया नपुग्ने अनि जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रमाणित गरेका कार्यसमितिका पदाधिकारीलाई निर्वाचन प्रतिनिधबाटै अलग गराउने गम्भीर खेल भयो पर्यवेक्षण प्रतिनिधबाट समेत हटाई विषयगत सदस्यको हक अधिकार क्यान महासंघको अहिलेको नेतृत्वले गरेकोले सबै पत्रकारहरु र आइसिटीप्रेमीहरुमा जानकारी गराउन चाहन्छौं ।
क्यानको अहिलेको नेतृत्वले पत्रकार मञ्च मात्र हैन संस्थापनकालदेखिका क्यानका अग्रज सदस्य सिइआरसी नेपाल, क्यान बर्दिया क्यान अछाम लगायत धेरैको सदस्ययगत अधिकार खोसेको छ ।
सूचना प्रविधि क्ष्ेत्रमा कार्यरत सबैलाई ऐक्यबद्धता गर्दै समग्र आइसिटीका लागि अगाडी बढ्नुपर्नेमा क्यान महासंघको अहिलेको नेतृत्व शैलीले “तयनभतजभच धभ अबल” को अपव्याख्या गरिरहेको छ यसप्रति संस्थाके गम्भीर ध्यानाकर्षण भएको छ । भोट हाल्नु पाउनु ठूलो कुरा होइन यहा त आइटीमा पनि फरक मत राखेकै कारण विषयगत सदस्यतको अधिकार खोसियो । यसप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौं ।

भरत राज उप्रेती

सस्थापक अध्यक्ष

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१