अपहरणमुक्त गर्न अमेरिकी हवाई आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १५:३४

download (2)संयुक्त राष्ट्रसङ्घ,  । उत्तरीपूर्वी सिरियामा अमेरिकासँग आवद्ध हवाई आक्रमण गरिएको जनाइएको छ । 

आइएस लडाकू समूहले करिव २५० जना सिरियाली क्रिश्चियन धार्मिक सम्प्रदायका व्यक्तिलाई अपहरण गरेको घटनापछि सो हवाई आक्रमण गरिएको जनाइएको छ । 

ती व्यक्तिको अपहरणमुक्तिका लागि सो हवाई आक्रमण बिहीबार बिहानैदेखि सुरु गरिएको छ । सिरियाको हसाकेह प्रान्तको ताल तामर सहरमा हवाई हमला गरिएको बताइएको छ । 

यस आक्रमणमा भएको हताहतको सम्भावित सङ्ख्या भने केही दिइएको छैन । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि आक्रमण बिहीबार बिहानदेखि जारी रहेको जानकारी दिएको छ । 

आइएस लडाकू समूहले गत सोमबार उत्तरी सिरियाको ताल सामिरमा र ताल हुर्मोज सहरबाट ती व्यक्तिलाई अपहरण गरेका र ताल तामर सहरको कयौं इलाका कब्जा गरेका थिए । 

सो सहर कुर्दिस बलको नियन्त्रणमा रहेको थियो । तर हाल आएर भने दश भन्दा बढी गाउँहरु आइएस लडाकू समूहले कब्जा गरेका छन् । 
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले पनि अपहरणमा परेका ती व्यक्तिलाई बिनासर्त तुरुन्तै मुक्त गर्न आइएसलगायत अन्य आतङ्ककारी समूहसँग मागसमेत गरेको छ । 
आइएस लडाकूको भीषण आक्रमणमा कम्तीमा ३५ जिहादी र कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाइपीजी) एक असिरियन प्रतिरक्षा बल सदस्यसहित २५ जनाको मृत्यु भएको छ । 
आइएस लडाकू समूहले सिरियामा बारम्बार आक्रमण गर्दै आएका छन् । हालै आएर यो समूहले लिबियामा आक्रमण सुरु गरेका छन् । रासस÷एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१