गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता – मन्त्री आचार्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १५:२७

काठमाडौँ । कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले वर्तमान समयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिनुभएको छ ।

एक्टिभ स्कुलमा आयोजित ‘नलेज फेयर’ कार्यक्रम तथा विज्ञान प्रयोगशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले गुणस्तरीय शिक्षाबिना देश विकास सम्भव नभएको बताउनुभयो ।

देशको अधिकांश भेगमा विद्यालयको पहुँच पुगेकाले शिक्षा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताउँदै देशका धेरैजसो विद्यालयमध्ये कतै शिक्षकको अभाव र कतै विद्यार्थीको सङ्ख्या कम भएकाले यसलाई समायोजन गराउनुपर्ने धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा गोपीलाल न्यौपानेले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फूटन गर्न ‘नलेज फेयर’ आयोजना गरिएकोे बताउनुभयो ।

विद्यार्थीको ज्ञान, सीप र क्षमतामा धेरै सहयोग पु¥याउने उद्देश्यले आयोजित सो प्रर्दशनीमा ३ कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले निर्माण गरेका विज्ञानका सामग्रीहरुको ४५ वटा कक्ष राखिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१