श्रीमानको घाँटी रेट्ने आईएस नकाबधारीलाई जिउँदै पक्रन श्रीमतीको अपील

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १४:१४

इस्लामिक आतिवादी संगठन आइएसद्धारा हत्या गरिएका डेभिड हेन्सका पत्नीले हालै पहिचान भएका आइएसका नकाबधारीलाई जिउँदै पक्रन बेलायत सरकारसँग अपील गरेकी छन् ।

आफ्नो नियन्त्रणमा रहेका व्यक्तिको घाँटी रेटेर हत्या गर्दा मुकुन्डो लगाएर उभिएको देखाइएका व्यक्तिको पहिचानलगत्तै हेन्सका श्रीमतीले ‘क्रूर कर्तुत’ गर्ने व्यक्तिलाई पक्राउ गरी कठघरामा उभ्याएमात्रै हेन्सको आत्मालाई शान्ति मिल्ने भन्दै उनलाई पक्राउ गर्न अपील गरेकी हुन् ।

हेन्सका बहिनीले आफ्नो दाजुको शीर छेदन गरी हत्या गर्ने उक्त व्यक्तिको आँखामा गोली हान्नुपर्ने प्रतिक्रिया दिँदै आफ्नो आँखा अगाडि अदालतमा उभ्याएको दृष्य हेर्न पाएमात्र आफ्नो दाजुको मृत्युमा चित्त बुझाउने ठाउँ रहने बताएकी छन् । यसअघि आइएसको कब्जामा रहेका अमेरिकी पत्रकार जेम्स फोलेको हत्याको भिडियो सार्वजनिक गर्दा देखा परेका नकाबधारी युवक बेलायती नागरिक रहेको खुलासा भएको थियो ।

असली नाम मोहमद इम्वाजी रहेका उनलाई आइएसले ‘जिहादी जोन’ नाम दिएको थियो । विभिन्न व्यक्तिको हत्याअघि उनले बेलायती लवजमा पश्चिमाहरुलाई धम्की दिने गरेका थिए ।

कम्प्युटर प्रोगामिङको अध्ययन गरेका उनी सन् २०१२ तिर सिरिया गएपछि आइएसमा आबद्ध भएका उनको पहिचानलगत्तै आइएसद्धारा हत्या गरिएकाको परिवारजनले उनलाई अदालतमा उभ्याएको हेर्ने चाहना रहेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१