नयाँ जहाजको नयाँदिल्ली उडान सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १२:१६

काठमाडौँ। नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले आजदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ । भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको जहाजले बिहान ८ः३० बजे दिल्लीका लागि उडान भरेको थियो । दिल्लीका लागि १०१ यात्रुले टिकट काटेका थिए भने जहाज आजै १२ः१५ बजे दिल्लीबाट ५० यात्रु लिएर काठमाडौँ फर्कने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार निगमले दिल्लीका लागि सातामा चार दिन दुईतर्फी उडान गर्ने र थप गन्तव्यमा समेत उडान सुरु गरिनेछ ।

हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज ९सगरमाथा० नेपाल भित्र्याएको थियो ।

निगमले नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडा दर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा ताकेको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१