मलेसियाबाट अबैधानिकहरुलाई घर फर्कन अर्को अवसर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १०:५०

प्रदिप राई 

क्वालालम्पुर मलेसिया । गैरकानूनीरुपमा बसेका नेपालीहरुलाई पुन घर फर्कन मलेसिया सरकारले अर्को मौका दिएको छ। मलेसियाली सरकारले गैरकानूनी रुपमा बसेका विदेशी कामदारहरुलाई फेरि ‘स्वदेश फर्क’ अभियान २६ तारिक बिहीवारबाट सुरु गरेको हो।
यो अभियानमा हजारौ संख्यामा गैरकानूनी रुपमा मलेसियामा बस्दै आएका नेपाली कामदारहरुले सजिलै स्वदेश फर्कन पाउने छन।
मलेसियाको अध्यागमन विभागका पूर्वकर्मचारीको संगठन कोपरासीले यहाँको इमिग्रेसनसँग सहकार्य गरी यो अभियान थालेको नेपाल बुताबासका हरिप्रसाद भट्टराइले बताउनु भयो।

unnamed मलेसियाली सरकारले गौरकानुनीरुपमा काम गर्दै आएकालार्इ यसअघि गत वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा पनि ‘स्वदेश फर्क’ अभियान चलाएको थियो । त्यसबेला गैरकानूनी रुपमा मलेसियामा बस्दै आएका १६ हजार नेपाली स्वदेश फर्केको यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१