डिप्लोमामा २ विषय थप्दै भेरी प्राविधिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७१, बिहीबार १४:१२

काशी पोख्रेल

बाँके,१४ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र अन्तर्गत भेरी प्राविधिक शिक्षालयले आगामी शैक्षिक सत्रबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा ३ बर्षे सब इन्जिनियर कोर्ष सञ्चालन गर्ने भएको छ ।
शिक्षालय प्रमुख भीमकान्त लामिछानेले भने, ‘आउँदो शैक्षिक सत्रबाट डिप्लोमामा २ कार्यक्रम थप गर्ने छौँ । शिक्षालयमा सब इन्जिनियर तहको ३ बर्षे कोर्षमा हाल डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ मात्र सञ्चालन भइरहेको छ । आर्थिक बर्ष २०७१-०७२ सम्ममा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा १० महिलासहित १५७ जना उत्पादन भएका छन् ।’
शिक्षालय प्रमुख लामिछानेका अनुसार सो शिक्षालयमा टिएसएलसी (जुनियर टेक्निसियल) तहका इलेक्ट्रोनिक्स, सिभिल, सेक्रेटरियल, अटोमोवाइल र रेफ-एसी गरी ७ वटा बिषयमा २९ महिने र १५ महिने कोर्ष सञ्चालन भइरहेको छ । टिएसएलसी तर्फ हालसम्म ३३९ महिलासहित २ हजार २२४ जना प्रशिक्षार्थी उत्पादन भएका छन् । शिक्षालयले कम्प्युटर हाउस वायरिङ, वेल्डिङ, इलेक्ट्रोनिक्स, प्लम्बिङ, अटोमेकानिक्स, रेफ-एसी, मेकानिक्स लगायतका छोटो अवधिका तालिमसमेत
j5सञ्चालन गर्दै आएको छ । शिक्षालय हालसम्म छोटो अवधिको तालिमतर्फ ५३० महिलासहित ४ हजार ४६२ जना प्रशिक्षार्थी उत्पादन गर्न सफल भएको छ ।
शिक्षालयले समुदायको माग अनुसार प्लम्बिङ, रेफ एण्ड एसी, बिल्डिङ इलेक्ट्रिसियन र मोवाइल रिपेयर्समा २०-२० जनाको ३९० घण्टाको छोटो अवधिका तालिम समेत सञ्चालन गरिरहेको छ भने २०-२० जनाको छोटो अवधिको ६ वटा तालिम र २०० जनालाई जिवन निर्वाह तालिम चालु आर्थिक बर्षभित्र सञ्चालन गर्ने शिक्षालय प्रमुख लामिछानेले जानकारी दिएका छन् । शिक्षालयबाट उत्पादन भएका जनशक्ति मध्ये ८० प्रतिशतले रोजगारी पाउन सफल भएको दाबीसमेत शिक्षालय प्रमुख लामिछानेले गरेका छन् ।
शिक्षालयमा अध्ययरत प्रशिक्षार्थीहरुलाई आर्थिक सहयोग मिलोस भनेर दलित तथा पिछडिएका वर्ग तथा जेहेन्दारलाई १० प्रतिशत छात्रवृति प्रदान गरिँदै आएको छ । एडिबीको सहयोगमा २१ बर्षअघि स्थापना भएको भेरी प्राविधिक शिक्षालय मध्य तथा सुदूर पश्चिमका विद्यार्थीको लागि प्राविधिक शिक्षा हासिल गर्ने थलो भएको छ । सिटिइभिटी फोरम फर हेल्थ साइन्स मध्यपश्चिमका अध्यक्ष संजय सिंहले देश विकासको प्राविधिक शिक्षा अपरिहार्य भएको बताए । उनले सिटिइभिटीले स्नातक तहका समेत पठनपाठन गर्नु पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१