शिक्षकहरु बिद्यालय नै बन्द गरेर बिवाह भोजमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७१, बिहीबार १३:०८

पर्सा,१४ फागुन ।सेढवामा रहेको माध्यमिक विद्यालयका शिक्षकहरु बिद्यालय नै बन्द गरेर बिवाह भोजमा सहभागी भएपछि पठनपाठन ठप्प भएको छ । विद्यालयमा रहेका १४ जना शिक्षकहरु विद्यालय बन्द गरेर भोजमा गएका छन् । बार्षिक परीक्षा आउन लागेको समयमा विद्यार्थीलाई समस्या भएको अभिभावक महेश महतोले गुनासो गरे । विद्यालयमा व्यवस्थापन समिति नभएका कारण पनि शिक्षकहरुले आफू खुशी विद्यालय बन्द गरेको अभिभावक महतोको भनाई छ । बिहेको भोजभतेरमा सहभागी हुनु पर्ने भन्दै शिक्षकहरुले बिद्यालय नै बन्द गरेका छन् उनले भने ।

school banda-edukhabar धेरै विद्यार्थी विवाहमा जाने र विद्यालयमा अनुपस्थित भएका कारण दुई दिन स्थानीय बिदा मिलाइएको सेढवा माविका प्रधानाध्यापक जितेन्द्र प्रसाद गौरोले बताए । सम्पुर्ण विद्यार्थी र शिक्षकहरुको सहमतीमा विद्यालय बन्द गरिएको उनको दावी छ । महादेवपट्टी र सेढवा गाविस अन्तगत शिवरात्रीको अवसर पारेर लाग्ने जिरा भवानी मेला अवधी भरि पनि मध्याहन १२ बजे नै विद्यालय बन्द गरिएको अभिभावक राजेश्वर गौरोले बताए । उक्त मेला शिवरात्रीको दिनदेखि १० दिन सम्म लाग्ने गर्दछ । बिद्यालय निरिक्षक नेपालेन्दु साहले बिद्यालय बन्द गरि बिहेको भोजमा सहभागी हुने शिक्षकहरु माथी कारवाही हुने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१