केजरीवालले दिए आफ्ना जनतालाई निशुल्क पानी र विजुली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ फाल्गुन २०७१, बिहीबार १२:४३

एजेन्सी । मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीका बासिन्दालाई निशुल्क पानी र विद्युत महसुल आधा घटाउने घोषणा गर्नुभएको छ । केहीसाताअघी भएको विद्यानसभा निर्वाचनमा अत्याधिक वहुमत सहित विजयी केजरीवालले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार तत्काल राहतको घोषणा गर्नुभएको हो ।

kjariwalदिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई प्रत्येक महिना २० हजार लिटर पानी निशुल्क र ४०० युनिट विद्युत महसुल आधा रकम छुट दिने घोषणा गर्नुभयो । सो राहत कार्यक्रम आगामी महिनाबाट लागु हुनेछ । सरकारी घोषणाले दिल्लीका ९० प्रतिशत परिवारलाई विद्युतमा राहत तथा १८ लाख परिवारलाई पानीको सुविधा मिल्ने बीबीसीले जनाएको छ । दिल्लीमा ७० सिटका लागि भएको विद्यानसभा निर्वाचनमा केजरीवालको आम आद्मी पार्टीले ६७ स्थानमा विजय हासिल गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१